खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले देशका विभिन्न भूभागमा रहेका खानी तथा खनिज क्षेत्रको उत्खनन र नियमनमा कडाइ सुरु गरेको जनाएको छ ।
शनिबार सार्वजनिक सरकारको १०० दिने उपलब्धि प्रतिवेदनअनुसार राष्ट्रिय सम्पत्तिको रूपमा रहेका खानीहरू होल्ड गरेर राख्ने तर काम नगर्ने प्रवृत्तिलाई रोक्न कडाइ गरिएको उल्लेख छ ।
जसअनुसार सरकारले खानी तथा भूगर्भ विभागमार्फत हालसम्म १२२ वटा खोजतलास अनुमतिपत्र र ३ वटा उत्खनन अनुमतिपत्र गरी कुल १२५ वटा लाइसेन्सहरू रद्द गरेको जनाएको छ । अनुमति लिएर पनि लामो समयसम्म काम अघि नबढाउने र खनिज क्षेत्र ओगटेर बस्ने कम्पनीहरूको अनुमतिपत्र खारेज गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, खानी उत्खननका लागि अनुमति लिएर पनि हाल निष्क्रिय रहेका अन्य २७ वटा कम्पनीहरूलाई सरकारले स्पष्टीकरण सोधेको छ । उनीहरूले तोकिएको समयमा काम सुरु नगर्नुको चित्तबुझ्दो कारण पेस नगरेमा ती अनुमतिपत्रहरू पनि खारेज गरिने संकेत सरकारले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण