कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
सारांश
- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ ।
- बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
- विस्तारित बैठकपछि समूहले काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित आफ्नो समूहका पदाधिकारी र सदस्य तथा पूर्वपदाधिकारी र सदस्यहरूको बैठक सुरु भएको हो ।
नेता डा.प्रकाशशरण महतका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । समूहको सम्पर्क कार्यालय सोमबारबाट नै बैठक बसेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
सम्पर्क कार्यालयमा आज काठमाडौँमा उपस्थित नेताहरूको बैठक बस्ने डा.महतले जानकारी दिए । ‘यसअघि घरमा रङरोगनको कार्य भइरहेको थियो । अब तयार भएको छ । आज हामी कार्यालयमा भेला भएर बैठक बसिरहेका छौँ,’ डा.महतले भने ।
विस्तारित बैठकपछि समूहले काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । तर, त्यो भेलाभन्दा अगाडि नै संस्थापन पक्षले मागका बारेमा गहन छलफल अगाडि बढाउनुपर्ने समूहको भनाइ छ ।
पछिल्लो समय कांग्रेसमा देखिएको आन्तरिक विवादका विषयमा दुवै पक्षबिच छलफल भए पनि टुङ्गोमा पुगेको छैन । इतर समूहले अघि सारेका माग सम्बोधन गर्ने विषयमा विधान बाधक रहेको संस्थापनले बताउँदै आएको छ ।
इतर समूहले भने आफूहरूले राखेका मागका बारेमा सभापति गगन थापा गम्भीर नभएको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले साउन ६ गते छुट्टै वीपी स्मृति दिवस मनाउने
-
वरिष्ठ नेता बनाउने विश्वप्रकाशको प्रस्ताव अस्वीकार गरेको पूर्णबहादुरको ब्रिफिङ
-
रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण