सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल प्रिमियर लिगका ६ टोलीको टाइटल स्पोन्सरमा 'एक्सट्रिम इनर्जी ड्रिंक्स'

सोमबार, २२ असार २०८३, १४ : ४३
सोमबार, २२ असार २०८३

सारांश

  • एक्सट्रिम इनर्जी ड्रिंक्स आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका ६ वटा फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बनेको छ ।
  • यस सम्झौताअनुसार काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सका खेलाडीले जर्सीको अगाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो लगाउनेछन् ।
  • यो लगानीलाई नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि नयाँ कोशेढुंगा मानिएको छ ।

काठमाडौँ । एग्रो बाई फुड्स प्रालिद्वारा उत्पादित एक्सट्रिम इनर्जी ड्रिंक्स आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बनेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग तीन वर्षका लागि प्रायोजन सम्झौता गरेको हो ।

 यस सम्झौतासँगै यी ६ टोलीका खेलाडीले मैदानमा लगाउने जर्सीको अगाडिको मुख्य भागमा एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।

निजी क्षेत्रबाट खेलकुद प्रतियोगितामा भएको यो लगानीलाई लागत र सहभागिताका हिसाबले ऐतिहासिक मानिएको छ । कम्पनीका अनुसार व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमार्फत राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने र नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध गर्ने उद्देश्यले यो लगानी गरिएको हो ।

एक्सट्रिम इनर्जी ड्रिंक्सले यसअघि पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजन गर्नुका साथै फुटबल, भलिबल र म्याराथनजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहयोग गर्दै आएको छ ।

सम्झौता कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एउटै ब्रान्डले ६ वटा टोलीलाई टाइटल स्पोन्सर गर्नु नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि नयाँ कोशेढुंगा भएको बताए ।

एक्सट्रिम इनर्जी ड्रिंक्सले विगत लामो समयदेखि नेपाली खेलकुदलाई सहयोग गर्दै आएको छ । यसअघि कम्पनीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजन गर्नुका साथै फुटबल, भलिबल, म्याराथनजस्ता विभिन्न खेलकुद प्रतियोगितामा सहकार्य गर्दै आएको छ । व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले क्रिकेटमा यो लगानी गरिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप