वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि पन्तले वीरगञ्जका क्यासिनोमा नेपालीलाई प्रवेशमा रोक लगाउन माग गरेका छन् ।
- उनले क्यासिनोमा नेपालीको सहज प्रवेशले स्थानीय व्यापार व्यवसाय चौपट भएको र युवा उद्यमी कुलतमा फसेको गुनासो गरे ।
- सांसद पन्तले क्यासिनोमा नेपाली प्रवेश रोक्न र दोषी प्रहरी प्रशासनलाई कारबाही गर्न सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा सभापति तथा पर्सा– १ बाट निर्वाचित सांसद हरि पन्तले सदनमा राखेको विषयवस्तु सरकारसम्म नपुगेको गुनासो पोखेका छन् । प्रतिनिधिसभामा सोमबार बोल्दै पन्तले गम्भीर विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
खासगरी वीरगन्जमा आसपासमा खुलेका पाँच तारे होटलका क्यासिनोमा नेपालीलाई सहजै प्रवेश दिँदा स्थानीयहरूको व्यापार व्यवसाय चौपट भएको उनले गुनासो पोखे । क्यासिनोमा नेपालीहरूको प्रवेशमा रोक लगाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेका छन् ।
‘सदनमा राखेको विषयवस्तु संसद्को चार दिवारभन्दा बाहिर गएर सरकार समक्ष पुग्न सकिरहेको महसुस हामी जनप्रतिनिधिहरूले गर्न सकिरहेको छैनौँ । यस गम्भीर विषयमा सम्माननीय सभामुखको ध्यान आकृष्ट गराउन चाहेँ । वीरगन्जका प्रायः सबै तारे होटेलमा क्यासिनाे खोलिएका छन् ।
भारत तथा तेस्रो मुलुकबाट घुम्न आउने पर्यटकहरूलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धन गर्नका निम्ति खोलिएका ती क्यासिनोमा त्यहाँका प्रहरी र प्रशासनको मिलेमतोमा खुलेयाम रूपमा नेपालीलाई पनि सहजै प्रवेश गराइराखेको भन्ने स्थानीयहरूको व्यापक गुनासो छ’, उनले भने- ‘क्यासिनोमा सहजै प्रवेश पाउँदा कुलतमा वीरगन्ज वरिपरिका व्यापारी घरनादेखि भर्खरै व्यवसायमा हात हालेका युवा उद्यमीसम्म प्रभावित भएका छन् । मध्यम परिवारदेखि विभिन्न पेसामा संलग्न पेसाकर्मीसम्म जायजेथा क्यासिनोमा हारेर बिल्लिबाठ भएका छन् । कुलतमा परेर सामाजिक र पारिवारिक सम्बन्ध बिग्रिन गई क्षत विक्षत भएको अवस्था छ । सरकार र पर्साका स्थानीय प्रशासनले क्यासिनोमा नेपाली प्रवेशलाई पूर्ण रूपमा रोक लगाउन र दोषीदेखि त्यहाँ प्रहरी प्रशासनलाई पनि कारबाही गर्न जोडदार माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण