मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

मङ्गलबार, २३ असार २०८३, ०७ : ४६
मङ्गलबार, २३ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
  • बेल्जियमका चार्ल्स डे केटेलारे दुई गोल गरे भने हान्स भानाकेन र रोमेलु लुकाकुले एक-एक गोल थपे।
  • यस जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा स्पेनको सामना गर्नेछ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले घरेलु टोली अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

सिएटल रंगशालामा भएको खेलमा बेल्जियमका लागि चार्ल्स डे केटेलारे नायक बने। उनले नवौँ र ३३औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो सुरुआत दिलाए। अमेरिकाले ३१औँ मिनेटमा मालिक टिलम्यानमार्फत एक गोल फर्काएर खेल बराबरीमा ल्याए पनि त्यो खुसी लामो समय टिक्न सकेन।

दोस्रो हाफमा बेल्जियमले खेलमाथिको नियन्त्रण कायम राख्यो। ५७औँ मिनेटमा हान्स भानाकेनले तेस्रो गोल थपे भने इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै ४–१ को शानदार जित पक्का गरे।

यस जितसँगै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ, जहाँ उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। अमेरिका भने घरेलु मैदानमै अन्तिम १६ बाट बाहिरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप