संसद्का चार विषयगत समितिको बैठक बस्दै
सारांश
- संघीय संसद्का चारवटा विषयगत समितिको बैठक मंगलबार बस्दैछ।
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणबारे छलफल हुनेछ।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल हुनेछ।
काठमाडौँ । सङ्घीय संसद्का चारवटा विषयगत समितिको बैठक मंगलबार बस्दैछ।
प्रतिनिधि सभाका विभिन्न समितिहरूले समसामयिक विषय, विधेयक तथा मन्त्रालयका कामकारबाहीबारे छलफल गर्न बैठक बोलाएका हुन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सातौँ बैठक मंगलबार बिहान ९:३० बजे सिंहदरबारमा बस्ने भएको छ। समिति सचिव निर्मलादेवी लामिछाने ‘वस्ती’ का अनुसार उक्त बैठकमा माननीय परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्री र परराष्ट्र सचिवलाई आमन्त्रण गरिएको छ।
यसैगरी, सार्वजनिक लेखा समितिको आठौँ बैठक पनि बिहान ९:०० बजे बस्ने तय भएको छ। उपसचिव सुशीला आचार्यका अनुसार बैठकमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मंगलबार बिहान ९:०० बजे बस्ने भएको छ। शाखा अधिकृत बिनिता मरासिनी पन्थीका अनुसार उक्त बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ‘स्थापना र सञ्चालन’ विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल चौधरीलाई आमन्त्रण गरिएको छ।
यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २:०० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ। उक्त बैठकमा राष्ट्रिय महिला आयोगको कामकारवाही तथा प्रगतिका सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल गरिने कार्यसूची रहेको जानकारी संसद् सचिवालयले दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक अनुशासनविपरीत काम गर्नेलाई निर्मम कारबाही गरिन्छ : सशस्त्र प्रहरी
-
कृषि र साना कर्जाको धितो मूल्याङ्कन सहज, बाली भित्र्याउने समयअनुसार किस्ता तय गरिने
-
तीव्र रुसी आक्रमणपछि हवाई प्रतिरक्षा प्रणालीका लागि नेटो गुहार्दै जेलेन्स्की
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण