देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
सारांश
- देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्।
- कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु छ भने बागमती प्रदेशको बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
- लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पनि पहिरो र बाढीले ठप्प छन्, जसले यातायात सञ्चालनमा समस्या ल्याएको छ।
काठमाडौँ । मंगलबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशका विभिन्न राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र मर्मत कार्यका कारण अवरुद्ध भएका छन्। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडकहरू प्रभावित हुँदा यातायात सञ्चालनमा समस्या आएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुरको भोजपुर नगरपालिका-५, बोखिममा मध्य पहाडी लोकमार्ग गत वैशाख १२ गतेदेखि बाढीका कारण प्रभावित छ। हाल यो सडक खण्ड एकतर्फी रूपमा सुचारु रहेको र अर्को वैकल्पिक बाटो समेत भएको जानकारी दिइएको छ।
बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू गत जेठ २२ गतेदेखि रोकिएका हुन्।
यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ र ४ महालक्ष्मीस्थित कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड सडक मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध छ। जेठ १५ गतेदेखि बन्द भएको यो बाटो मर्मत कार्य चलिरहेकाले यही महिनाको २५ गतेसम्म बन्द हुने बताइएको छ।
लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पनि पहिरो र बाढीले ठप्प छन्। लुम्बिनी प्रदेशको रोल्पास्थित माडी गाउँपालिका ६ हार्निडाँडामा असार २२ गते गएको पहिरोका कारण रुकुम-घोराही-सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-६, रिजेगार्ड खोलामा आएको बाढीले असार १७ गतेदेखि भेरी करिडोर पूर्ण रूपमा बन्द छ। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पनि गत जेठ २३ गते गएको पहिरोले जाजरकोट-डोल्पा सडक खण्डमा पूर्ण रूपमा अवरोध पुर्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
-
धर्मेन्द्रले हेमा मालिनीलाई पठाएको अन्तिम सन्देश के थियो ?
-
तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
-
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण