मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा

मङ्गलबार, २३ असार २०८३, ०९ : ११
मङ्गलबार, २३ असार २०८३

सारांश

  • शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।
  • केही समयदेखि बन्द रहेको यो कार्यक्रम नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।
  • स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत पाउनुपर्ने रकम उपलब्ध नहुँदा कार्यक्रम कार्यान्वयनमा कठिनाइ भएको थियो ।

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।

अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । केहिसमययता अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द थिए । केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाले  शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ओपीडी सेवामा आधारित बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप