निजी र सार्वजनिक जीवन छुट्ट्याउन नसक्दा भ्रष्टाचार र कुशासन सुरु हुन्छ : खनाल
सारांश
- पूर्वअर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक पदमा भएका व्यक्तिले निजी र सार्वजनिक जीवन छुट्याउन नसक्दा भ्रष्टाचार र कुशासन सुरु हुने बताएका छन्।
- उनले विचौलियाहरूले शक्तिको दुरुपयोग गरी अधिकारीहरूको घरमा उपहार र चकलेट बाँड्दै सम्बन्ध विस्तार गर्ने गरेको उल्लेख गरेका छन्।
- यसरी विश्वास जितेपछि विचौलियाले अधिकारीहरूलाई समेत प्रभावित गरी आफ्नो स्वार्थ पूरा गराउने गरेको खनालले बताएका छन्।
काठमाडौँ । शक्तिशाली सार्वजनिक पदमा बहाल रहेका अधिकारीले निजी जीवन र सार्वजनिक जीवन छुट्ट्याउन सकेनन् भने भ्रष्टाचार र कुशासनको प्रारम्भ ठ्याक्कै त्यही विन्दुबाट हुने धारणा पूर्वअर्थमन्त्री रामेश्वर खनालले व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो टिप्पणी सार्वजनिक गर्दै उनले विचौलियाहरूले शक्तिको दुरुपयोग कसरी गर्छन् भन्नेबारे चर्चा गरेका हुन्।
निवासमा भेट्न आउने व्यक्तिले पहिला पत्नी वा पतिको भरपूर तारिफ गर्ने खनालले उल्लेख गरेका छन्। मौका र व्यक्ति हेरी म्याडम, साहेबनी, मन्त्राणीज्यू, श्रीमान वा हजुर जस्ता शब्दले सम्बोधन गर्दै गुणगान गाउने र घरमा केटाकेटी भए सुरुमा चकलेट तथा बिस्तारै महँगा उपहार ल्याउन थाल्ने उनले बताएका छन्।
पाल्तु जनावर भए ट्रीट लिएर आउने र त्यो पप्पीको समेत प्रिय बन्ने प्रवृत्ति रहेको उनले खुलाएका छन्। यसरी घरका सबैको प्रिय भइसकेपछि आफ्नो वञ्छित-अवाञ्छित चाहना ती शक्तिसम्पन्न अधिकारीबाट पूरा गराउन उसलाई कुनै गाह्रो नपर्ने खनालको भनाइ छ।
त्यसपछि उसले आफ्नो प्रभावक्षेत्र यसरी विस्तार गर्दै लैजान्छ, जसले गर्दा सम्बन्धित निकायका तल्ला निर्णायक अधिकारीहरूलाई समेत ऊ स्वयं नै मुख्य अधिकारी हो जस्तो गरी खटनपटन गर्न थाल्छ। जेनजी विद्रोहअघिको हाम्रो शासकीय संयन्त्रमा रहेको रोग ठ्याक्कै यही भएको उनले दाबी गरेका छन्।
काठमाडौँको एक विलासी होटलको बैठक कक्षमा केही मन्त्रालयका उच्च अधिकृतलाई कुर्सीमा बस्न पनि नदिई यस्तै विचौलिया चरित्र भएका व्यक्तिले तुच्छ वचनमा गाली गर्दै गरेको आफैँले देखेका एक व्यवसायीले वर्णन गरेको आधारमा पूर्वअर्थसचिव खनालले यो टिप्पणी गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
-
चीनको गान्सुमा पहिरो, कम्तीमा १६ जना पुरिए
-
सम्मानजनक पुनःस्थापनाको माग गर्दै होल्डिङ सेन्टरका सुकुमबासीले सरकारको गराए ध्यानाकर्षण
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण