मेरुदण्डमा समस्या भएपछि गायक यम बराल अस्पताल भर्ना
काठमाडौँ । गायक यम बराल मेरुदण्डसम्बन्धी समस्याको उपचार गराउन अस्पताल भर्ना भएका छन् । १९ दिनदेखि उनी काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) भर्ना भएर उपचाररत् छन् ।
केही समयअघि ढाड सड्केको र बिस्तारै समस्या बढेर च्याप्दै लगेपछि चिकित्सकको सल्लाहमा अस्पताल नै भर्ना भएर उपचार गराइरहेको उनले बताए ।
‘धेरै पहिले ढाड सडेको थियो, पछि अलि बढी च्यापेपछि डाक्टरलाई जाँच गराए । नसाको स्पाइन र हड्डीको टेस्ट गराउँदा सामान्य समस्या देखिएको तर त्यस्तो जोखिमपूर्ण अवस्था केही पनि छैन,’ गायक बरालले रातोपाटीसँग भने, ‘बाहिर सामाजिक सञ्जालतिर यम बराललाई ठुलै स्वास्थ्य समस्या भयो भनेर आएका खबरमा सत्यता छैन । चाँडै निको हुनका लागि सबैले प्रार्थना गरिदिनुहोला ।'
उनको नसारोग विशेषज्ञ र अर्थोपेडिक टिमको निगरानीमा उपचार भइरहेको छ । बरालले आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै एक हप्ता जति अस्पतालमै बस्नुपर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण