रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
सारांश
- अन्तिम १६ को ६ खेलमा होम जर्सी लगाउने टोली हारेको र अवे जर्सी लगाउने टोलीले जितेको संयोग देखिएको छ।
- आज अर्जेन्टिनाले होम जर्सी र इजिप्टले अवे जर्सी लगाउने भएकाले यो संयोग कायम रहन्छ कि रहँदैन भन्ने प्रश्न उब्जिएको छ।
- यद्यपि, खेलको नतिजा टोलीको रणनीति, खेलाडीको प्रदर्शन र गोल गर्ने क्षमतामा निर्भर रहनेछ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा बोल्ने सांसदहरूले शून्य र विशेष समयमा आफ्नो विषयवस्तु वा स्पिच नोट पहिले उपलब्ध गराउनुपर्ने निर्देशनलाई लिएर बाहिर आएको ‘सेन्सर’ सम्बन्धी टिप्पणी गलत व्याख्या भएको स्पष्ट पारेको छ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले उक्त व्यवस्था सांसदको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने उद्देश्यले नभई संसद्को मर्यादा, गरिमा र प्रभावकारिता कायम राख्न गरिएको बताएका छन्।
उनका अनुसार सांसदहरूले संसदमा राख्ने विषयलाई अझ व्यवस्थित, तथ्यपरक र ओजपूर्ण बनाउन समन्वय गर्ने उद्देश्यले गरिएको आग्रहलाई केही सञ्चारमाध्यमले ‘सेन्सर’ का रूपमा प्रस्तुत गरेका छन्।
“संसदको मर्यादा, गरिमा, मर्म, ओज र दायित्वलाई थप सुदृढ बनाउन सांसदहरूले बोल्ने विषय व्यवस्थित गर्ने प्रयासलाई बाहिर अपव्याख्या गरिएको हो,” परियारले भने, “यसको अर्थ सांसदहरूलाई सेन्सर लगाउन खोजिएको होइन। संसदमा प्रयोग हुने भाषाशैली र प्रस्तुतिको स्तरलाई मर्यादित तथा प्रभावकारी बनाउने उद्देश्य मात्र हो।”
उनले सांसदहरूको बोल्ने स्वतन्त्रता र संवैधानिक अधिकारप्रति रास्वपा पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीले कुनै पनि प्रकारको अभिव्यक्ति नियन्त्रणको पक्षमा नरहेको बताए।
परियारले रास्वपाको राजनीतिक यात्रा युवापुस्ताको परिवर्तनकारी आन्दोलनबाट स्थापित भएकाले सरकारका मन्त्रीदेखि सांसदसम्म सबै जनप्रतिनिधिको अभिव्यक्ति जिम्मेवार, मर्यादित र ओजपूर्ण हुनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण