बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् ।
- मेची राजमार्गको इलाम खण्ड, मध्य पहाडी लोकमार्गको भोजपुर खण्ड, बिपी राजमार्गको खुर्कोट-नेपालथोक खण्ड, कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड, कान्ति लोकपथ, र बेनी-जोमसोम सडक खण्ड अवरुद्ध वा प्रभावित भएका छन् ।
- कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण सडक अवरुद्ध भएको छ ।
काठमाडौँ । देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बिहान साढे ८ बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् ।
कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भए पनि हाल त्यहाँ एकतर्फी यातायात सुचारु गरिएको छ ।
बागमती प्रदेशमा बिपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा बाढीको सम्भावना रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड यो महिनाको २५ गतेसम्मका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ । यस्तै, ललितपुरको पाङदुरमा पहिरो खसेका कारण कान्ति लोकपथ पनि ठप्प भएको छ ।
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा दुई स्थान, बैसेरी र घुमाउने भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण सडक अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण