पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
बुधबार, २४ असार २०८३, १० : १६
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग उनीहरूका समस्याबारे छलफल गर्ने भएका छन् ।
- प्रधानमन्त्री शाहले आज बिहान ११ बजे सिंहदरबारमा चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् ।
- यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले व्यवसायीहरूलाई भेट्न समय उपलब्ध गराएका थिएनन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरुका समस्या सुन्ने भएका छन् । आज बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्यमी व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई बोलाएका छन् ।
बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई यसअघि नै भेट्न खोजेपनि उनले समय उपलब्ध गराएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
-
सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण