सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न !
सारांश
- नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका छन् ।
- सांसद राईले सभामुखको व्यवहारले पाँच वर्ष संसद् चलाउन नसक्ने भन्दै कुरा बुझिसकेको र खुट्टी हेरिसकेको बताए ।
- सभामुखले राईलाई आचरणविपरीत बोलेको भन्दै समय नदिएपछि एमाले सांसदहरूले विरोध गरेका थिए ।
काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले गरेको व्यवहारले सभामुखले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका हुन् ।
‘तपाईंको व्यवहारले तपाई पाँच वर्ष संसद् चलाउनुहुँदैन, मैले बुझिसके, खुट्टी हेरिसके’, उनले भने, ‘के कुरा भन्दैछु सुन्नुपर्छ पर्दैन ? ’
यसअघि सभामुख अर्यालले राईलाई समय दिएका थिए । सभामुखको समय पाएपछि माइक समातेर राईले सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुँदैन ? भनेर कुरा सुरु गर्न लाग्दा सभामुखले आचरण विपरित बोलेको भन्दै राईलाई समय नदिने भन्दै अर्का सांसद परशुराम तामाङलाई समय दिएका थिए । तामाङ पनि बोल्न चाहेनन् ।
त्यसपछि एमाले सांसदहरू उठेर विरोध गरेका थिए । पुन:सभामुख अर्यालले राईले गल्ती स्वीकारेको भन्दै बोल्न समय दिए तर एमाले सांसद राई बोल्न थालेपछि सभामुखले पुन सचेत गराए र बैठक स्थगित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
-
राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण