कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
सारांश
- कर्णाली प्रदेश सरकारले सोमबार र मंगलबार गरी दुई दिनमा १ अर्ब ५७ करोड ३८ लाख ९८ हजार ६९७ रुपैयाँ खर्च गरेको छ ।
- चालु आर्थिक वर्ष (२०८२/०८३) मा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो ।
- अर्थमन्त्री राजीवविक्रम शाहले असार मसान्तसम्म कुल बजेटको ६३.५२ प्रतिशत अर्थात् २० अर्ब ९६ करोड २० लाख खर्च हुने अनुमान गरेका थिए ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले दुई दिनमा कुल बजेटको ४.७४ प्रतिशत बजेट खर्च गरेको छ । सोमबार र मंगलबार गरी दुई दिनमा १ अर्ब ५७ करोड ३८ लाख ९८ हजार ६९७ रुपैयाँ खर्च गरेको हो ।
असार २१ गतेसम्म कुल वार्षिक बजेटमध्ये १५ अर्ब २४ करोड २६ लाख ७७ हजार ८८१ रुपैयाँ खर्च गरेको सरकारले मंगलबार बेलुका ५ बजेसम्म १६ अर्ब ८१ करोड ६५ लाख ७६ हजार ५७८ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष (२०८२/०८३) मा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो । तर सरकारले जेठ मसान्तसम्म कार्यान्वयनमा गति देखाउन सकेको थिएन ।
११ महिना अर्थात् जेठ मसान्तसम्म कुल बजेटको ३६.२६ प्रतिशत अर्थात् १२ अर्ब ३ करोड ५६ लाख ५ हजार ८५४ रुपैयाँ खर्च गरेको सरकारले असारमा २३ दिनमा ४ अर्ब भन्दा धेरै बजेट खर्च गरेको छ ।
अब बुधबार र बिहीबारसम्म कुल बजेटको ५२ प्रतिशतसम्म खर्च पुग्ने अनुमान गरिएको छ ।
अर्थमन्त्री राजीवविक्रम शाहले असार मसान्तसम्म कुल बजेटको ६३.५२ प्रतिशत अर्थात् २० अर्ब ९६ करोड २० लाख खर्च हुने अनुमान गरेका थिए ।
आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च व्यहोर्ने स्रोतमा ६ अर्ब ४१ करोड रकम बचत रकम भनेर राखिएको छ । यद्यपि १८ अर्ब रकम पनि कार्यान्वयनमा जनाले विश्लेषण मन्त्रालयका अधिकारीहरुको छ । चालु वर्षको झण्डै १२—१३ अर्ब रकम फ्रिज जाने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण