जग्गा रोक्का गर्न घुस लिने नासुविरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङका नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- कण्डेलले सेवाग्राहीको जग्गा रोक्का गरिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
- विशेष अदालतमा ४० हजार रुपैयाँ बिगोसहित ऐनबमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल विरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
सेवाग्राहीको जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो।
नायब सुब्बा कण्डेलले जग्गा रोक्का राख्ने काम गरिदिए बापत विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस रकम माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थाहा हुन आएको छ। सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
आयोगको अनुसन्धानका क्रममा नासु कण्डेलले जग्गा रोक्का गर्ने कामबापत बार्गेनिङ गरी ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुर हो।
सोही आधारमा उनलाई ४० हजार रुपैयाँ बिगो कायम गरी ऐन बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण