उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
सारांश
- गृहमन्त्री सुधन गुरुङले रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
- गृहमन्त्री गुरुङले रामशाहपथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको १५ रोपनी जग्गा ट्राफिक प्रहरीको नाममा ल्याउन पहल थालेका छन् ।
- सेन्टर फर एक्सेलेन्सको नीति लागु गर्न र तालिम सञ्चालन गर्न जग्गा र पूर्वाधार अपुग भएकोले मन्त्री गुरुङले पहल थालेका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । बुधबार गुरुङ ट्राफिक व्यवस्थापन लगायतका कामकारबाहीको जानकारी लिन उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेका हुन् ।
गुरुङसँगै सीआईबीका एआईजी उमाप्रसाद चुतर्वेदी पनि रामशाहपथ पुगेका थिए । गृहमन्त्री गुरुङले रामशाहपथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ट्राफिक प्रहरीको नाममा ल्याउन पहल थालेका छन् ।
खाद्यको १५ रोपनी खाली जग्गा ट्राफिक प्रहरी कार्यालयसँगै जोडिएको छ । सो जग्गा प्राप्तिका लागि आफूले पहल सुरु गरेको निरीक्षणको क्रममा बताएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाइ बताए ।
सेन्टर फर एक्सेलेन्सको दीर्घकालीन नीति लागु गर्न जग्गा अपुग रहेको ट्राफिक प्रहरीका अधिकृतहरू बताउँछन् । रामशाहपथमा ट्राफिकले प्रदान गर्ने ट्राफिक नियन्त्रण तालिम, ट्राफिक व्यवस्थापन तालिम, ट्राफिक स्केच तालिम र भिड नियन्त्रण तालिमको लागी उपयुक्त पूर्वाधार छैन ।
अनुशिक्षण तालिम लगायतका कार्यक्रम सञ्चालन गर्न जग्गा र भौतिक संरचना बनाउन मन्त्री गुरुङले पहल थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण