बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सय दिनमा कृषि मन्त्रालयले के–के काम गर्‍यो ? (पूर्णपाठ)

बिहीबार, २५ असार २०८३, ११ : ५८
बिहीबार, २५ असार २०८३

सारांश

  • कृषि, वन तथा वातावरण मन्त्रालयले सरकार गठन भएको १०० दिनमा किसानलाई सहज सेवा दिन प्रविधिको प्रयोग र नीतिगत झन्झट हटाउन पहल गरेको छ।
  • यस अवधिमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने र ठुलो अलैँचीलाई जीआई संरक्षणमा समेट्ने निर्णय भएको छ।
  • रासायनिक मलको आपूर्ति र वितरणलाई व्यवस्थित गर्न नयाँ 'मल (नियन्त्रण) आदेश'को मस्यौदा तयार पारिएको छ।

काठमाडौँ । वर्तमान सरकार गठन भएको १०० कार्यदिन पूरा भएको अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले आफ्ना मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री गीता चौधरी र सचिव डा राजेन्द्र प्रसाद मिश्रले मन्त्रालयले यस अवधिमा हासिल गरेका प्रगति विवरण प्रस्तुत गरे । 

मन्त्रालयले यस अवधिमा किसानलाई सहज सेवा उपलब्ध गराउन प्रविधिको प्रयोग र नीतिगत झन्झट हटाउन विशेष पहल गरेको जनाएको छ । 

मन्त्रालयले कृषि उपजहरूको संरक्षणका लागि भौगोलिक संकेत प्रणालीलाई अघि बढाएको जनाएको छ। यसै अन्तर्गत सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्ने र ठुलो अलैँचीलाई पनि जीआई संरक्षणमा समेट्ने निर्णय मन्त्रिस्तरबाट भएको छ।

रासायनिक मलको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन २०५५ सालको मल नियन्त्रण आदेशलाई प्रतिस्थापन गरी नयाँ 'मल (नियन्त्रण) आदेश'को मस्यौदा तयार पारिएको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने मन्त्रालयको दाबी छ । 

अनुदानको मल वितरण कार्यविधिलाई परिमार्जन गरी मल वितरक कम्पनीहरूलाई निकास उपलब्ध गराउने मापदण्डलाई थप वस्तुपरक बनाइएको मन्त्रालयले जनाएको छ।

पत्रकार सम्मेलनमा मन्त्री गीता चौधरीले सरकार किसानका समस्या समाधान गर्न र उत्पादन बढाउन प्रतिबद्ध रहेको बताइन् । 

1234567891011121314

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप