शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि

शुक्रबार, २६ असार २०८३, ०४ : ००
शुक्रबार, २६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को गोल्डेन बुटको दौडमा केलियन एम्बाप्पे र लियोनेल मेस्सीबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
  • एम्बाप्पेले मोरोक्कोविरुद्ध गोल गर्दै मेस्सीसँग गोल सङ्ख्या ८-८ को बराबरी गरे पनि असिस्टको आधारमा उनी अगाडि छन्।
  • एम्बाप्पेको ३ असिस्टको तुलनामा मेस्सीको १ असिस्ट रहेको छ, जसले गर्दा एम्बाप्पे गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्।

काठमाडौँ । फिफा विश्वकप २०२६ को गोल्डेन बुटको दौड निकै रोचक मोडमा पुगेको छ। मोरोक्कोविरुद्धको क्वाटरफाइनल खेलमा एक गोल गरेसँगै फ्रान्सेली स्टार केलियन एम्बाप्पेले अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीसँग गोल सङ्ख्या बराबरी गरेका छन्। 

यद्यपि, असिस्टको आधारमा एम्बाप्पे अहिले मेस्सीभन्दा अगाडि रहेका छन्।
जारी विश्वकपमा एम्बाप्पे र मेस्सी दुवैको ८–८ गोल संख्या रहेको छ। तर, फिफाको नियमअनुसार यदि दुई वा सोभन्दा बढी खेलाडीको गोल सङ्ख्या बराबर भएमा 'असिस्ट' गणना गरिन्छ।

 एम्बाप्पेले यस प्रतियोगितामा अहिलेसम्म ३ वटा असिस्ट गरिसकेका छन् भने मेस्सीको नाममा मात्र १ असिस्ट रहेको छ। यस आधारमा एम्बाप्पे अहिले गोल्डेन बुट जित्ने दौडमा शीर्ष स्थानमा छन्।

विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे र मेस्सीपछि नर्वेका एर्लिङ हालान्ड ७ गोलका साथ तेस्रो स्थानमा छन्। त्यस्तै, इंग्ल्याण्डका ह्यारी केनको ६ गोल र फ्रान्सकै ओसमान डेम्बेलेको ५ गोल रहेको छ।
फ्रान्स सेमिफाइनलमा प्रवेश गरिसकेकाले एम्बाप्पेले आफ्नो गोल र असिस्ट सङ्ख्या बढाउने थप मौका पाउनेछन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप