यी धनाढ्य जसले आफ्नो खाली समय शहरको फोहोर टिपेर बिताउँछन्
अडिटी सेन्ट्रल
चीनको चोङ्किनाका एक सफल व्यवसायी झोंग कंगरोग आफ्नो खाली समयमा शहरको फोहोर टिप्ने गर्छन् । ‘करोडपती फोहोर संकलक’ भनेर चिनिने उनले बिगत तीन वर्षदेखि शहरका फोहोर टिपिरहेका छन् ।
५२ वर्षे यी व्यवसायीले तीन वर्ष अघि चीनियाँ नयाँ वर्ष मनाउन चीनका हैनान प्रान्त जाँदा एक अवकाशप्राप्त प्राध्यापकले फोहोर टिपिरहेको देखेका थिए । विश्वविद्यालयका ती प्राध्यापकले चार वर्ष अघिदेखि स्थानीय समुन्द्री तटका फोहोर संकलन गरिरहेको थाहा पाएपछि उनको त्यस्तो बानी आफूले पनि अनुशरण गर्ने सोच बनाएको र त्यतिबेलादेखि नै शहरका फोहोर संकलन गरिरहेको जानकारी दिए ।
कंगरोंगको फोहोर टिप्ने बानीलाई सुरुमा मानिस र मिडियाले त्यति पचाएनन् । रियल स्टेट कारोबारी, कार डिलरशिप र विभिन्न फ्याक्ट्रीका मालिकले पब्लिसिटी स्टन्टका लागि शहरको फोहोर संकलन गरिरहेको भन्ने मानिसको कमी रहेन तर उनलाई ती नकारात्मक टिप्पणीले केही असर पारेन ।
कंगरोंग यस्तो व्यवहारले सुरुमा उनको परिवारसमेत जिल खाए । मिडियाको नकारात्मक टिप्पणीपश्चात् उनकी श्रीमती र छोराछोरी निकै लज्जित भए र सार्वजनिक रुपमा कंगरोंगसँग देखिनै छाडे । तर समयसँगै मानिसहरुको धारणा पनि परिवर्तन भए । कंगरोंगले गर्दा आफ्नो शहर सफा पाएपछि कुनै बेलाका आलोचकले उनको प्रशंसासहित समर्थन गर्न थाले ।
फोहोर संकलन गर्नेबेला ती करोडपती सुन्तला रंगको टिसर्ट लगाउँछन् । उनले आफ्नो अफिसमा फोहोर गर्ने कर्मचारीलाई १० युआन जरिवाना पनि तोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण