आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल

शनिबार, २७ असार २०८३, ०१ : १७
शनिबार, २७ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियम विरुद्ध सुरुवाती अग्रता लिएको छ ।
  • खेलको पहिलो हाफ अन्तर्गत ३० औँ मिनेटमा स्पेनका मिडफिल्डर फाबियन रुइजले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन् ।
  • रुइजको यस गोलसँगै बेल्जियम दबाबमा परेको छ ।

काठमाडौँ ।  लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियम विरुद्ध सुरुवाती अग्रता लिएको छ । खेलको पहिलो हाफ अन्तर्गत ३० औँ मिनेटमा स्पेनका मिडफिल्डर फाबियन रुइजले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको पहिलो हाइड्रेशन ब्रेकसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि ३०औँ मिनेटमा भएको गोलले खेललाई नयाँ मोड दिएको छ ।

रुइजको यस गोलसँगै बेल्जियम दबाबमा परेको छ । विजेता टोलीले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप