अपडेट
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना
शनिबार, २७ असार २०८३, ०८ : ३६
सारांश
- काठमाडौँको बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले शनिबार बिहान आफ्नो डेरामा आत्मदाहको प्रयास गरेका छन् ।
- छोरासँगको विवादपछि ती पुरुषले भान्सामा गएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
- शरीरको ५५ प्रतिशत जलेका ती व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित घरमा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार राउतको पारिवारिक विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए । राउत लामो समयदेखि डिप्रेसनमा समेत रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले रातोपाटीलाई बताए । हाल उनको उपचार जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण