ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
सारांश
- ललितपुरको ग्वार्कोमा चोरी गर्न आएको आरोपमा एक जनालाई कुटपिट गरी हत्या गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
- गत असार २४ गते राति भएको घटनामा अशोक कार्की भन्ने अशोक सुबेदीमाथि निर्घात कुटपिट भएको थियो।
- उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी दुई अभियुक्तलाई पक्राउ गरेको छ।
ललितपुर । ललितपुरको ग्वार्कोमा एक जनालाई कुटपिट गरी हत्या गरेर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्कोस्थित एउटा ग्यारेजमा चोरी गर्न आएको भन्दै ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ का अशोक कार्की भन्ने अशोक सुबेदीमाथि निर्घात कुटपिट भएको थियो।
गत असार २४ गते राति ८ बजे भएको उक्त घटनामा कुटपिटबाट अचेत भएका सुबेदीलाई उपचारका लागि तत्काल किष्ट अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो।
वारदात पश्चात फरार रहेका अभियुक्तहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर, मातहतको प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल ग्वार्को बस्ने २६ वर्षका गणेश मगर र ललितपुर गोदावरी नगरपालिका वडा नं. १० चापागाउँ बस्ने २६ वर्षका मनोज दहाल रहेका छन्।
पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त सातदोबाटोमा ल्याएर कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण