फिफा विश्वकप २०२६ का उत्कृष्ट ५० खेलाडीः स्पेनका मात्र ९ जना
अहिले क्वाटरफाइनलका खेलहरू चलिरहेका छन् । यही उपयुक्त समयमा विभिन्न स्रोत तथा एजेन्सीले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूको वरीयता निर्धारण गरेका छन् । एजेन्सीहरूको सहयोगमा यहाँ अहिलेसम्मको समग्र प्रदर्शनका आधारमा मोटामोटी ५० खेलाडीको सूची बनाइएको छ ।
१. लियोनेल मेस्सी — अर्जेन्टिना / इन्टर मियामी
मेस्सी यो सूचीको शीर्ष स्थान गुमाउने अवस्थासम्म पुगेका थिए । तर त्यसपछि उनी दायाँ विङतर्फ सरे, लगातार उत्कृष्ट क्रसहरू उपलब्ध गराए र इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन सम्भव बनाए । उनले दुई गोलमा प्रत्यक्ष योगदान दिँदै विश्वकपमा दोस्रो पटक पेनाल्टी चुकाएको गल्ती पनि सच्याए ।
अर्जेन्टिना अझै प्रतियोगितामा जीवित छ, र मेस्सी अझै पनि अतुलनीय छन् ।
२. किलियन एमबाप्पे — फ्रान्स / रियल मड्रिड
पाराग्वेका खेलाडीहरूको निरन्तर उक्साहटबीच पनि संयम कायम राख्दै निर्णायक पेनाल्टी गोल गरेका एमबाप्पे थप प्रशंसाका पात्र बने । यदि मेस्सीको प्रदर्शन अलिकति पनि कमजोर भयो भने एमबाप्पे पहिलो स्थानमा पुग्न सक्छन् । अहिले यी दुईबीचको प्रतिस्पर्धा अत्यन्तै नजिक छ । केलियन एम्बाप्पेको ले ब्लुजले मोरक्कोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
३. ह्यारी केन — इंग्ल्यान्ड / बायर्न म्युनिख
डीआर कंगोविरुद्धको उत्कृष्ट प्रदर्शनपछि केनले मेक्सिकोविरुद्ध पनि आफ्नो स्तर कायम राखे । उनले पहिलो गोलमा दुई डिफेन्डरलाई आफूतिर तानेर जुड बेलिङ्घमका लागि स्थान सिर्जना गरे । त्यसपछि बेलिङ्घमको दोस्रो गोलका लागि निस्वार्थ रूपमा पास दिए ।

पछि एन्थोनी गोर्डनले पेनाल्टी जित्ने क्रममा पनि केनकै हेड फ्लिक महत्वपूर्ण रह्यो र उनले त्यस पेनाल्टीलाई कुनै गल्ती नगरी गोलमा परिणत गरे ।
४. एर्लिङ हालान्ड — नर्वे / म्यानचेस्टर सिटी ब्राजिलविरुद्ध हालान्डले एउटै खेलमा फुटबलका दुई उत्कृष्ट क्षण प्रस्तुत गरे । उनले गोल पनि गरे र प्रिमियर लिगका आफ्ना पुराना प्रतिद्वन्द्वी गाब्रिएललाई पनि पछि पारे ।
शनिबार इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा नर्वे जितोस् वा हारोस्, हालान्ड र उनको टोलीले यस विश्वकपमा अमिट छाप छोडिसकेका छन् ।
५. असराफ हाकिमी — मोरक्को / पेरिस सेन्ट–जर्मेन
क्यानडाविरुद्ध हाकिमीले अर्को एक असिस्ट थपे । उनको टोली फ्रान्सविरुद्ध पराजित हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ । तर यस विश्वकपभर उनको निरन्तर उत्कृष्ट प्रदर्शनका कारण उनी शीर्ष १० भित्र रहन पूर्ण रूपमा योग्य छन् ।
६. माइकल ओलिसे — फ्रान्स / बायर्न म्युनिख
ओलिसेले अत्यन्तै विवादास्पद पहेंलो कार्ड पाए, जसविरुद्ध फ्रान्सले अपिल पनि गरेको थियो । पाराग्वेविरुद्ध उनको प्रदर्शन यस विश्वकपकै सबैभन्दा कमजोर रहेपनि मोरक्कोविरुद्ध उनी पुनः सशक्त देखिए ।
७. जुड बेलिङ्घम — इंग्ल्यान्ड / रियल मड्रिड
बेलिङ्घम ठूला खेलका खेलाडी हुन्, त्यसैले एस्टाडियो अज्टेकाजस्तो दबाबपूर्ण वातावरणमा मेक्सिकोविरुद्ध उनले उत्कृष्ट प्रदर्शन गर्नु कुनै आश्चर्य थिएन । दुई गोल गर्नुका साथै उनले बल बोकेर गरेको आक्रमणले फ्रान्सेली महान् जिनेदिन जिदानको सम्झना दिलायो ।
यस विश्वकपमा इंग्ल्यान्डको सफलताको मुख्य आधार अहिले बेलिङ्घम र ह्यारी केन बनेका छन् ।
८. आयमेरिक लापोर्ट — स्पेन / एथलेटिक क्लब
विश्वकपमा ६ खेल खेलिसक्दा स्पेनले केवल एक गोल खाएको छ त्यो छैटौं खेलमा बेल्जियमसँग । पोर्चुगललाई अन्तिम १६ मा गोल गर्नबाट रोक्नेस्पेनको रक्षापङ्क्तिले शीर्ष १० मा स्थान पाउनु स्वाभाविक बनेको छ । लापोर्ट यस रक्षापङ्क्तिका नेता हुन् । उनी बल नियन्त्रणमा निपुर्ण छन् र शारीरिक रूपमा पनि निकै बलिया छन् ।
९. पाउ कुबार्सी — स्पेन / बार्सिलोना
१९ वर्षीय कुबार्सीले उमेरभन्दा धेरै परिपक्व प्रदर्शन गरेका छन् । पोर्चुगलसँगको खेलमा क्रिस्टियानो रोनाल्डोले उनीविरुद्ध खासै प्रभाव जमाउन सकेनन् । बेल्जियमविरुद्ध पनि उनको रेटिङ उच्च थियो । स्पेनका लागि आगामी चुनौती अझ कठिन हुनेछन्, तर लापोर्ट–कुबार्सीको केन्द्रीय रक्षात्मक साझेदारीले टोलीलाई ठूलो आत्मविश्वास दिएको छ ।

१०. उस्मान डेम्बेले — फ्रान्स / पेरिस सेन्ट–जर्मेन
यस विश्वकपमा डेम्बेलेका उत्कृष्ट प्रदर्शनहरू साँच्चिकै शानदार रहे, तर जब उनी आफ्नो उत्कृष्ट लयमा हुँदैनन्, फ्रान्सको आक्रमणको दायाँ विङमा उनी केही असहज देखिन्छन् । पाराग्वेले उनलाई अधिकांश समय नियन्त्रणमा राख्न सफल भयो । त्यसका बाबजुद पनि उनले खेलभर प्रभाव पार्ने प्रयास भने निरन्तर गरिरहे । मोरक्को विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गर्न सफल रहे ।
११. लामिन यामाल — स्पेन / बार्सिलोना
यस विश्वकपमा समर्थकहरूले यामालको पूर्ण क्षमताको प्रदर्शन अझै देख्न पाएका छैनन् । यद्यपि उनी पूर्ण लयमा नहुँदा पनि विपक्षी टोलीले उनलाई रोक्न विशेष तयारी गर्नुपर्छ । पोर्चुगलविरुद्ध उनले नुनो मेन्डेसलाई लगातार दबाबमा राखेका थिए, त्यसअघि मेन्डेस चोटका कारण मैदान छाड्न बाध्य भएका थिए ।
८. भिनिसियस जुनियर — ब्राजिल / रियल मड्रिड
नर्वेविरुद्ध ब्राजिल पराजित हुँदा टोलीका अधिकांश खेलाडी कमजोर देखिए पनि भिनिसियस त्यसमा पर्दैनन् । यदि एन्ड्रिकले दोस्रो हाफमा अवसर खेर नफालेका भए उनले प्रतियोगिताकै उत्कृष्ट असिस्टमध्ये एक दर्ता गर्ने थिए ।
ब्राजिलका धेरै समस्या छन्, तर भिनिसियस ती समस्यामध्ये एक होइनन् । उनी गर्वका साथ स्वदेश फर्किन सक्छन् ।
१३. इस्माइल साइबारी — मोरक्को / बायर्न म्युनिख
नकआउट चरणमा मोरक्कोको सामूहिक खेल अझ स्पष्ट रूपमा देखिएको छ । समूह चरणको तुलनामा साइबारी व्यक्तिगत रूपमा कम चम्किएका छन् । यद्यपि अन्तिम तेस्रो क्षेत्रमा उनको चलायमान खेल, पास आदान–प्रदान र आक्रमण निर्माण गर्ने क्षमता अझै पनि मोरक्कोका लागि अत्यन्त महत्त्वपूर्ण छ ।
क्यानडाविरुद्धको अन्तिम १६ को खेलमा उनी चोटका कारण चाँडै मैदान छाड्न बाध्य भए । फ्रान्सविरुद्ध उनको अनुपस्थिति मोरक्कोलाई ठूलो धक्का हुनेछ ।
१४. दायो उपामेकानो — फ्रान्स / बायर्न म्युनिख
फ्रान्सको बलियो रक्षापङ्क्तिको केन्द्रमा उपामेकानो निरन्तर उपस्थित छन् । स्पेनको रक्षा अझै अभेद्य देखिए पनि फ्रान्सको रक्षाले पनि उत्कृष्ट प्रदर्शन गरेको छ । उपामेकानो खुला स्थानमा उत्कृष्ट रक्षात्मक खेल खेल्छन् र बल वितरणमा पनि निकै भरपर्दा छन् ।
१५. विलियम सालिबा — फ्रान्स / आर्सनल
उपामेकानो र सालिबाको साझेदारी फ्रान्सको सबैभन्दा ठूलो बल बनेको छ । उपामेकानोले प्रतियोगितामा एक खेल बढी खेलेकाले उनी सालिबाभन्दा एक स्थान माथि छन् । उत्कृष्ट डिफेन्डरहरू प्रायः धेरै चर्चामा आउँदैनन्, किनभने उनीहरूले खतरा उत्पन्न हुनुअघि नै त्यसलाई समाप्त गरिदिन्छन् । सालिबा त्यस्तै खेलाडी हुन् ।
१५. डियोगो कोस्टा — पोर्चुगल / पोर्टो
पोर्चुगल प्रतियोगिताबाट बाहिरिए पनि डियोगो कोस्टाले आफ्नो प्रतिष्ठा अझ मजबुत बनाए । स्पेनविरुद्ध उनले धेरै उत्कृष्ट बचाउ गरे । तर अन्तिम समयमा वैकल्पिक खेलाडी मिकेल मेरिनोको प्रहार मात्र उनी रोक्न सकेनन् ।

राष्ट्रिय टोलीबाट भविष्यमा उनलाई यस्तो निराशाको बदला लिने अवसर अवश्य मिल्नेछ ।
१७. जुलियन किन्योनेस — मेक्सिको / अल–काद्सियाह
इंग्ल्यान्डविरुद्ध किन्योनेसले आफ्नो विश्वकप गोल संख्या चार पुर्याए । प्रतियोगिताभर उनी मेक्सिकोको बायाँ विङबाट सबैभन्दा ठूलो आक्रमणकारी खतरा बने । उनले अज्टेका रंगशालामा उपाधिका प्रमुख दाबेदारमध्ये एक इंग्ल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्न महत्त्वपूर्ण भूमिका खेले ।
१८. लिएन्ड्रो ट्रोसार्ड — बेल्जियम / आर्सनल
आर्सनललाई अहिले ट्रोसार्डको आवश्यकता नपरे पनि बेल्जियमका लागि उनी पहिलेभन्दा अझ महत्वपूर्ण बनेका छन् । अमेरिकाविरुद्धको ४–१ को जितमा उनले चाल्र्स डे केटेलेरेको गोलका लागि असिस्ट दिए ।
उनले लगातार धेरै डिफेन्डरलाई आफूतर्फ आकर्षित गर्दै आफ्ना टोलीका खेलाडीका लागि प्रशस्त खाली स्थान सिर्जना गरे ।
१९. डेक्लान राइस — इंग्ल्यान्ड / आर्सनल
मेक्सिकोविरुद्ध इंग्ल्यान्डको पहिलो गोल राइसको परिचित शैलीको बल अगाडि बढाउने दौडबाट सुरु भएको थियो । त्यो क्षणबाहेक यो उनको विश्वकपको उत्कृष्ट प्रदर्शन भने थिएन । तर उनले थोमस टुचेलको टोलीलाई मेक्सिकोको अन्तिम समयको आक्रमण झेल्दै जित सुरक्षित गर्न महत्वपूर्ण योगदान दिए ।
२०. मिकेल ओयार्जाबाल — स्पेन / रियल सोसिडाड
पोर्चुगलविरुद्ध दानी ओल्मोको उत्कृष्ट पासपछि उनले एकदमै सजिलो अवसर गुमाए । यदि त्यो गोल भएको भए स्पेनले खेल धेरै अगाडि नै आफ्नो पक्षमा पार्न सक्थ्यो । त्यस खेलमा फेरान टोरेस र मिकेल मेरिनोले उनीभन्दा प्रभावशाली प्रदर्शन गरे ।

तर त्यो एउटा अपवाद मात्र थियो । यस विश्वकपमा ओयार्जाबाल अझै पनि स्पेनका प्रमुख खेलाडीमध्ये एक हुन् ।
२१. लुइस डियाज — कोलम्बिया / बायर्न म्युनिख
स्विट्जरल्यान्डविरुद्धको पेनाल्टी सुटआउटमा उनले आफ्नो प्रहार सफलतापूर्वक गोलमा परिणत गरे । तर खेल खुला अवस्थामा कोलम्बियालाई अत्यन्त आवश्यक रहेको निर्णायक आक्रमण भने दिन सकेनन् । समग्र विश्वकपमा पनि उनले बायर्न म्युनिखबाट देखाएको स्तरको प्रदर्शन दोहोर्याउन सकेनन् ।
२२. रोड्री — स्पेन / म्यानचेस्टर सिटी
स्पेनको उत्कृष्ट रक्षात्मक प्रदर्शनमा पछाडिका चार रक्षक मात्र होइन, उनीहरूको अगाडि खेल्ने रोड्रीको पनि ठूलो योगदान छ । पोर्चुगलले आक्रमण निर्माण गर्ने प्रयास गर्दा मैदानको मध्यभागमा रोड्रीको प्रभाव क्षेत्र पार गर्न निकै कठिन भयो । बल नियन्त्रण र सटीक पास वितरणमा उनी सधैंझैँ भरपर्दा देखिए ।
२३. रोबर्टो अल्भाराडो — मेक्सिको / ग्वाडालाजारा
इंग्ल्यान्डविरुद्ध उनले आफ्नो तीन असिस्टको सङ्ख्यामा थप गर्न सकेनन् । तर उनको बायाँ खुट्टाबाट हुने सटीक पास वितरणले मेक्सिकोको निरन्तर आक्रमणलाई गति दियो । यस विश्वकपको उत्कृष्ट प्रदर्शनले आफ्नै देशबाहिर पनि उनको पहिचान उल्लेखनीय रूपमा बढाएको छ ।
२४. ब्रुनो गिमाराएस — ब्राजिल / न्युकासल युनाइटेड
नर्वेविरुद्ध उनले विश्वकप इतिहासकै सबैभन्दा कमजोर पेनाल्टीमध्ये एक प्रहार गरे, जसलाई गोलकिपर ओर्जान नाइलान्डले सजिलै बचाए । त्यस खेलमा लामो समयसम्म उनले नर्वेका खेलाडीहरूलाई बल चलाउँदै गरेको मात्र हेर्नुपर्यो ।
यसअघि उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका गिमाराएसका लागि प्रतियोगिताको अन्त्य भने अत्यन्त निराशाजनक रह्यो ।
२५. इस्माइला सार — सेनेगल / क्रिस्टल प्यालेस
सेनेगलको सफल यात्रामा सारको योगदान अत्यन्त महत्वपूर्ण रह्यो । बेल्जियमविरुद्ध राउन्ड अफ ३२ मा गरेको उनको शानदार गोल यस विश्वकपका उत्कृष्ट गोलहरूमध्ये एक मानिन्छ । सेनेगल प्रतियोगिताबाट बाहिरिसकेकाले आगामी अद्यावधिकमा उनी तल झर्न सक्छन् । तर हालसम्मको प्रदर्शनका आधारमा उनी शीर्ष ५० भित्र रहने सम्भावना अझै बलियो छ ।
२६. फोलारिन बालोगुन — संयुक्त राज्य अमेरिका / मोनाको
राजनीतिक विवादको केन्द्रमा परेका बालोगुन अन्ततः बेल्जियमविरुद्धको खेलमा सुरुदेखि मैदानमा उत्रिए । तर त्यसले अमेरिकालाई खासै फाइदा पुर्याएन । प्रतिभाशाली स्ट्राइकर भए पनि उनी आफ्नो उत्कृष्ट लयमा देखिएनन् । समग्र अमेरिकी टोली नै अपेक्षित स्तरमा खेल्न असफल भयो ।
२७. ब्राहिम डियाज — मोरक्को / रियल मड्रिड
क्यानडाविरुद्ध दुई असिस्ट गर्दै ब्राहिम डियाजले यस विश्वकपमा आफ्नो असिस्ट सङ्ख्या दोब्बर बनाए । असराफ हाकिमीसँगको उनको दायाँपक्षीय साझेदारी प्रतियोगिताकै सबैभन्दा खतरनाक आक्रमणमध्ये एक बनेको थियो ।

२८. एन्थोनी गोर्डन — इंग्ल्यान्ड / बार्सिलोना
यस विश्वकपमा गोर्डनले आफूलाई पूर्ण रूपमा स्थापित गरेका छन् । डीआर कंगोविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर उनले ह्यारी केनका दुई गोलमा असिस्ट गरेका थिए । मेक्सिकोविरुद्ध पनि उनले आफ्नो अथक दौड र सक्रियताका कारण गोलकिपर राउल रान्गेलबाट फाउल गराएर इंग्ल्यान्डलाई अमूल्य पेनाल्टी दिलाए ।
२९. उनाइ सिमोन– (स्पेन– एथलेटिको बिलवाओ)
स्पेनका गोलरक्षक उनाइ सिमोन यस विश्वकपका सबैभन्दा प्रभावशाली गोलरक्षकका रूपमा उभिएका छन् । क्वार्टरफाइनलसम्मका पाँचवटै खेलमा उनले एक गोल पनि नखाई स्पेनलाई सेमिफाइनलसम्म पुर्याउने अभियानमा निर्णायक भूमिका खेले । स्पेनको बलियो रक्षापंक्तिका बाबजुद निर्णायक क्षणमा सिमोनले गरेका बचाउहरूले टोलीलाई बारम्बार संकटबाट जोगाएका छन् ।
३०. पेड्री — स्पेन / बार्सिलोना
यस प्रतियोगितामा पेड्रीको प्रदर्शन स्थिर रह्यो, तर असाधारण भने बन्न सकेन । पोर्चुगलविरुद्ध उनको अपेक्षाकृत कमजोर प्रदर्शनले स्पेनको समग्र सिर्जनात्मक खेलमा असर पार्यो । क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध उनी सटिट्युटका रुपमा मैदान छिरे ।
३१. इलियट एन्डरसन — इंग्ल्यान्ड / म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टबाट ११ करोड ६० लाख पाउन्ड (लगभग १५ करोड ३० लाख अमेरिकी डलर) मा म्यानचेस्टर सिटीमा औपचारिक रूपमा आबद्ध भएपछि एन्डरसनले विश्वकपमा पनि उत्कृष्ट लय कायम राखेका छन् ।
मेक्सिकोविरुद्ध इंग्ल्यान्डको डबल मिडफिल्ड साझेदारीमा उनले डेक्लान राइसभन्दा पनि प्रभावशाली प्रदर्शन गरे । यद्यपि समग्र प्रतियोगितामा राइस अलिकति अगाडि छन्, प्रशिक्षक थोमस टुचेलका लागि यी दुवै खेलाडी अपरिहार्य बनेका छन् ।
३२. मार्क कुकुरेला — स्पेन / रियल मड्रिड
अस्ट्रियाविरुद्ध अघिल्लो चरणमा जत्तिको प्रभावशाली आक्रमणात्मक प्रदर्शन कुकुरेलाले पोर्चुगलविरुद्ध दोहोर्याउन सकेनन् । तर उनले आफ्ना पूर्व चेल्सी टोलीसाथी पेड्रो नेटोलाई अधिकांश समय प्रभावहीन बनाए ।
ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको बानी छ, र अब स्पेनका लागि त्यस्ता अझ ठूला चुनौतीहरू आउँदै छन् ।
३३. पेड्रो पोरो — स्पेन / टोटेनहम
पोरोले मार्कोस लोरेन्तेलाई पछि पार्दै दायाँ रक्षकको पहिलो रोजाइको स्थान स्थायी बनाइसकेका छन् । पोर्चुगलविरुद्ध उनी असाधारण नभए पनि निकै प्रभावकारी रहे । उनले लामिन यामालसँग उत्कृष्ट तालमेल मिलाए र जोआओ फेलिक्सलाई सामान्यभन्दा धेरै रक्षात्मक जिम्मेवारी निभाउन बाध्य पारे ।
३४. ग्रेगोर कोबेल — स्विट्जरल्यान्ड / बोरुसिया डर्टमुन्ड
ठुला प्रतियोगितामा स्विट्जरल्यान्डको सफलता प्रायः बलियो रक्षामा निर्भर रहने गर्छ, र युरोपकै उत्कृष्ट गोलरक्षकमध्ये एक ग्रेगोर कोबेल हुनु उनीहरूको ठूलो शक्ति हो । कोलम्बियाविरुद्धको १२० मिनेटमा उनले धेरै उत्कृष्ट बचाउ गरे । त्यसपछि पेनाल्टी सुटआउटमा पनि उनले जमिन्टन क्याम्पाजको प्रहार लगभग रोके र कुचो हेर्नान्डेजको पेनाल्टी दायाँतर्फ उत्कृष्ट डाइभ गर्दै बचाए ।
३५. मार्टिन ओडेगार्ड — नर्वे / आर्सनल
ब्राजिलविरुद्ध अन्तिम तेस्रो क्षेत्रमा ओडेगार्ड निर्णायक खेलाडी बन्न सकेनन् । तर उनले कप्तानका रूपमा उदाहरणीय नेतृत्व गरे । बललाई आफ्नो नियन्त्रणमा राखेर ब्राजिलको तीव्र प्रतिआक्रमणको खतरा कम गरे र हालान्डले गोल गरेपछि खेलको गति पनि नियन्त्रणमा राखे । उनको शान्त स्वभाव र खेल नियन्त्रण गर्ने क्षमता नर्वेका लागि अमूल्य सम्पत्ति हो ।
३६. युरी टिलेमान्स — बेल्जियम / एस्टन भिल्ला
अमेरिकाविरुद्ध बेल्जियमको जितमा टिलेमान्सको प्रदर्शन राम्रो थियो, यद्यपि असाधारण भने थिएन । तर राउन्ड अफ ३२ मा सेनेगलविरुद्ध बेल्जियमको अविश्वसनीय पुनरागमनमा उनले खेलेको भूमिका अझै पनि स्मरणीय छ । प्रशिक्षक रुडी गार्सियाले अब स्पेनविरुद्ध पनि उनीबाट यस्तै प्रभावकारी प्रदर्शनको अपेक्षा गरेका छन् ।
३७. जोशुआ किमिख — जर्मनी / बायर्न म्युनिख
जर्मनीका लागि यस विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडी किमिख नै थिए । तर त्यसले टोलीलाई धेरै टाढासम्म लैजान सकेन । जुलियन नागेल्समानका सम्भावित उत्तराधिकारी (सम्भवतः युर्गेन क्लोप) को नेतृत्वमा पनि उनी कप्तान रहून् वा नरहून्, अन्तर्राष्ट्रिय फुटबलमा अब उनलाई स्थायी मिडफिल्डरकै रूपमा खेलाउनु उपयुक्त देखिन्छ ।
३८. डेभिन्सन सान्चेज — कोलम्बिया / गालातासारे
सान्चेजले स्विट्जरल्यान्डको अपेक्षाकृत कमजोर आक्रमणलाई रोक्दै कोलम्बियालाई पेनाल्टी सुटआउटसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेले । यद्यपि उनले आफ्नै पेनाल्टी क्रसबारमा प्रहार गरेर अवसर गुमाए । त्यस एक गल्तीबाहेक उनको समग्र विश्वकप निकै सफल रह्यो ।
३९. फ्लोरियन विर्टज — जर्मनी / लिभरपुल
जर्मनी प्रतियोगिताबाट बाहिरिए पनि विट्र्ज शीर्ष ५० मा कायम छन् । राउन्ड अफ ३२ मा पाराग्वेले जर्मनीको आक्रमण सहजै नियन्त्रण गरे पनि टोलीका लागि सिर्जनात्मक खेलको सबैभन्दा भरपर्दो स्रोत विट्र्ज नै थिए ।
चार खेलमा तीन असिस्ट राम्रो उपलब्धि हो, यद्यपि त्यो सुपरस्टार स्तरको योगदान भने होइन ।
४०. आन्द्रियास शेल्डेरुप — नर्वे / बेन्फिका
ब्राजिलविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका शेल्डेरुपले हालान्डका दुवै गोलका लागि पास उपलब्ध गराए ।
अब उनी एन्टोनियो नुसाभन्दा पहिलो रोजाइ बन्न योग्य देखिएका छन् । यदि सुरुआती टोलीमा स्थान नपाए पनि सानो स्थानमा खेल्ने सीप र उत्कृष्ट पास दृष्टिका कारण उनी वैकल्पिक खेलाडीका रूपमा निकै खतरनाक हतियार हुन् ।
४१. ब्राड्ली बार्कोला — फ्रान्स / पेरिस सेन्ट–जर्मेन

यस विश्वकपमा बार्कोलाको प्रदर्शन उतारचढावपूर्ण रह्यो । पाराग्वेविरुद्ध उनी खासै प्रभावशाली देखिएनन् । तर उनको विस्फोटक गति र सिधा आक्रमण गर्ने शैली सधैं विपक्षीका लागि चुनौतीपूर्ण हुन्छ ।
४२. यान डियोमान्डे — आइभोरी कोस्ट / आरबी लाइपजिग
प्रतियोगिता अगाडि बढ्दै जाँदा डियोमान्डेको प्रदर्शन केही कमजोर बन्दै गयो । तर उनले निरन्तर आक्रमणको खतरा सिर्जना गर्दै टोलीका अन्य खेलाडीलाई प्रेरित गरिरहे । चार खेलमा एक असिस्ट र गोलविहीन रहनुले १९ वर्षीय यी प्रतिभाशाली खेलाडीले अझै आफ्नो वास्तविक क्षमता पूर्ण रूपमा प्रदर्शन गर्न बाँकी रहेको देखाउँछ ।
४३. कोडी गाक्पो — नेदरल्यान्ड्स / लिभरपुल
नेदरल्यान्ड्सको प्रदर्शन अस्थिर रहे पनि गाक्पोका सुरुआती खेलहरू अझै पनि उच्च मूल्याङ्कनका योग्य छन् । विशेषगरी राउन्ड अफ ३२ मा मोरक्कोविरुद्ध उनले गरेको नाटकीय गोल र त्यसपछि देखाएको भावुक प्रतिक्रिया निकै स्मरणीय रह्यो । त्यो खेल केही दिनअघि मात्र उनले आफ्ना छोरा एलिजाहको दुःखद निधन भएको सार्वजनिक गरेका थिए ।
४४. चार्ल्स डे केटेलेरे — बेल्जियम / एटलान्टा बेल्जियमको आक्रमणको अग्रभागमा डे केटेलेरेको भूमिका कहिलेकाहीँ वैकल्पिक रूपमा आउने रोमेलु लुकाकुका लागि स्थान सम्हाल्ने खेलाडी जस्तै देखिएको थियो । तर अमेरिकाविरुद्ध उनले दुई गोल गर्दै विपक्षी रक्षालाई तहसनहस बनाए ।
पछि गोलरक्षक म्याट फ्रिजबाट बल खोसेर हान्स भानाकेनलाई तेस्रो गोल गर्ने अवसर पनि सिर्जना गरे ।
४५. ओर्यान नाइलान्ड — नर्वे / स्वतन्त्र खेलाडी
३५ वर्षीय नाइलान्डको सेभियासँगको सम्झौता गत महिना समाप्त भएको थियो र उनी अहिले कुनै क्लबमा आबद्ध छैनन् ।
तर ब्राजिलविरुद्धको वीरतापूर्ण प्रदर्शनले उनको बजार मूल्य उल्लेखनीय रूपमा बढाएको छ । उनले ब्रुनो गिमाराएसको पेनाल्टी सही दिशा अनुमान गर्दै बचाए, अन्य धेरै महत्वपूर्ण बचाउ गरे र अन्तिम समयमा नेयमारको ध्यान पनि खेलको समयबाट विचलित गराए ।
४६. बुकायो साका — इंग्ल्यान्ड / आर्सनल
विश्वकपमा दोस्रो पटक सुरुआती टोलीमा अवसर पाएका साकाले मेक्सिकोविरुद्ध निकै बुद्धिमत्तापूर्ण असिस्ट दिए । उनको दायाँ खुट्टाबाट आएको उत्कृष्ट क्रसमा जुड बेलिङ्घमले सहजै गोल गरे । अकिलिस चोटका कारण इंग्ल्यान्डले उनलाई सावधानीपूर्वक प्रयोग गरिरहेको छ र उनले हालसम्म २०० मिनेटभन्दा कम खेलेका छन् । तर सीमित समयमै पनि उनी प्रभावकारी साबित भइरहेका छन् ।
४७. एन्जो फर्नान्डेज — अर्जेन्टिना / चेल्सी
इजिप्टविरुद्ध इन्जुरी समयमा उनले गरेको लुपिङ हेडरले हर्नान क्रेस्पोको सम्झना दिलायो । अर्जेन्टिनाको मिडफिल्डले अझै पनि अपेक्षाकृत कमजोर टोलीविरुद्ध खेल नियन्त्रण गर्न संघर्ष गरिरहेको छ । तर एन्जोको बल नियन्त्रण गर्ने क्षमता स्पष्ट देखिन्छ र पेनाल्टी क्षेत्रभित्र उनी सधैं गोलको खतरा बन्छन् ।
४८. जोहान मान्जाम्बी — स्विट्जरल्यान्ड / फ्राइबर्ग
कोलम्बियाविरुद्ध मान्जाम्बीको अनुपस्थिति स्विट्जरल्यान्डले स्पष्ट रूपमा महसुस गर्यो । प्रशिक्षणका क्रममा घुँडामा लागेको चोटको गम्भीरता अझै स्पष्ट भइसकेको छैन । यदि विश्वकपका सबैभन्दा ठूलो उदाउँदा प्रतिभामध्ये एक मान्जाम्बी शनिबार (बेलायतमा आइतबार बिहान) अर्जेन्टिनाविरुद्ध खेल्न नसके भने त्यो प्रतियोगिताकै ठुलो दुर्भाग्य हुनेछ ।
४९. क्रिस्टियन रोमेरो — अर्जेन्टिना / टोटेनहम
रोमेरोको खेल सधैं उतारचढावपूर्ण हुन्छ । कुनै पनि बेला प्रतिकूल ख्ब्च् निर्णयले उनलाई रातो कार्ड देखाउन सक्छ । लिसान्ड्रो मार्टिनेजसँगको रक्षात्मक साझेदारीले विपक्षीलाई रोक्न संघर्ष गरिरहेको छ ।
तर आवश्यकता पर्दा उनी अगाडि बढेर निर्णायक गोल गर्न पनि सक्षम छन् । राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध अतिरिक्त समयमा गरेको गोल होस् वा इजिप्टविरुद्ध अर्जेन्टिनाको ऐतिहासिक पुनरागमनको सुरुआत गराएको हेडर—रोमेरोले महत्त्वपूर्ण क्षणमा टोलीलाई बारम्बार उद्धार गरेका छन् ।
५०. म्याथियस कुन्हा — ब्राजिल / म्यानचेस्टर युनाइटेड नर्वेविरुद्ध ब्राजिलले आफ्नो आक्रमणात्मक लय कहिल्यै भेट्टाउन सकेन । कुन्हाले प्रतियोगिताकै सबैभन्दा निराशाजनक खेल खेले । उनले केवल एउटा अफ–टार्गेट प्रहार गरे र एक घण्टा पूरा नहुँदै एन्ड्रिकसँग प्रतिस्थापित भए ।
उनी निकै राम्रो खेलाडी हुन्, तर के उनी वास्तवमै नम्बर–९ स्ट्राइकरका रूपमा उपयुक्त छन् भन्ने प्रश्न अझै बाँकी छ ।
१. उनाइ सिमोन (स्पेन) – प्रतियोगिताकै सर्वश्रेष्ठ गोलरक्षक
स्पेनका गोलरक्षक उनाइ सिमोन यस विश्वकपका सबैभन्दा प्रभावशाली गोलरक्षकका रूपमा उभिएका छन् । क्वार्टरफाइनलसम्मका पाँच वटै खेलमा उनले एक गोल पनि नखाई स्पेनलाई सेमिफाइनलसम्म पुर्याउने अभियानमा निर्णायक भूमिका खेले । स्पेनको बलियो रक्षापंक्तिका बाबजुद निर्णायक क्षणमा सिमोनले गरेका बचाउहरूले टोलीलाई बारम्बार संकटबाट जोगाएका छन् ।

उत्कृष्ट पोजिसनिङ, खेल पढ्ने क्षमता, हवाई बलमा आत्मविश्वास र खुट्टाबाट खेल सुरु गर्ने सीपका कारण उनी आधुनिक गोलरक्षकको उत्कृष्ट उदाहरण बनेका छन् । विपक्षीलाई गोलविहीन राख्दै लगातार क्लिनसिट कायम गर्नु नै उनलाई यस विश्वकपको नम्बर एक गोलरक्षक बनाउने प्रमुख आधार हो ।
२. ओरलान्डो गिल (पाराग्वे) – सबैभन्दा धेरै बचाउ गर्ने गोलरक्षक
पाराग्वेका ओरलान्डो गिल विश्वकप २०२६ मा सबैभन्दा धेरै बचाउ गर्ने गोलरक्षक बने । उनले प्रतियोगितामा २३ वटा बचाउ गर्दै यो सूचीको शीर्ष स्थान ओगटे । उनको उत्कृष्ट प्रदर्शनकै कारण पाराग्वे अन्तिम १६ सम्म पुग्न सफल भयो । विशेषगरी जर्मनीविरुद्धको पेनाल्टी सुटआउट जितमा उनले नायकको भूमिका निर्वाह गरेका थिए । फ्रान्ससँग पराजित भए पनि त्यस खेलमा उनको प्रदर्शनका लागि ’प्लेयर अफ द म्याच’ घोषित गरिएको थियो । साथै उनले १.६८ गोल प्रिभेन्टेड (अपेक्षित गोलको तुलनामा बचाएका गोल) को प्रभावशाली तथ्यांक पनि दर्ता गरे । कठिन परिस्थितिमा लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई प्रतिस्पर्धी बनाइराख्नु उनको सबैभन्दा ठूलो उपलब्धि रह्यो ।
३. लरेन्स आटी जिगी (घाना) – सबैभन्दा प्रभावकारी गोल बचाउने गोलरक्षक
घानाका लरेन्स आटी जिगीले धेरै खेल नखेले पनि आफ्नो प्रदर्शनले गहिरो छाप छोडे । उनले प्रतियोगितामा केवल दुई खेल (१३५ मिनेट) खेले पनि २.९१ गोल प्रिभेन्टेड को उत्कृष्ट तथ्यांकसहित यस सूचकमा सबै गोलरक्षकलाई पछि पारे । पाराग्वेविरुद्धको खेलमा पहिलो हाफपछि चोटका कारण बाहिरिनुपरे पनि उनले टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । त्यसपछि कोलम्बियाविरुद्ध फर्किएर पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै जम्मा आठ बचाउ गरे र दुई खेलमा केवल एक गोल मात्र खाए । सीमित समयमै विपक्षीका सम्भावित गोललाई रोक्ने असाधारण क्षमताका कारण आटी जिगी यस विश्वकपका सबैभन्दा प्रभावकारी गोलरक्षकमध्ये एक बने ।
जोर्डन पिकफोर्ड (इङ्ग्ल्यान्ड) – ठुला खेलका भरपर्दा गोलरक्षक
इङ्ग्ल्यान्डका जोर्डन पिकफोर्डले फिफा विश्वकप २०२६ मा फेरि एकपटक आफू किन विश्व फुटबलका उत्कृष्ट गोलरक्षकमध्ये पर्छन् भन्ने प्रमाणित गरेका छन् । प्रतियोगिताभर उनले कठिन क्षणमा आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै इङ्ग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन् ।
विशेषगरी मेक्सिकोविरुद्धको रोमाञ्चक ३–२ को जितमा उनले गरेका उत्कृष्ट बचाउहरूलाई धेरै विश्लेषकले विश्वकपकै उत्कृष्ट गोलकिपिङ प्रदर्शनमध्ये एक मानेका छन् । रिफ्लेक्स, पेनाल्टी क्षेत्रभित्रको नेतृत्व, हवाई बल नियन्त्रण र दबाबमा पनि शान्त रहन सक्ने क्षमताले उनी इङ्ग्ल्यान्डका सबैभन्दा भरपर्दा खेलाडीमध्ये एक बने ।
ठुला खेलमा निर्णायक बचाउ गर्दै टोलीलाई संकटबाट जोगाउने उनको क्षमता यस विश्वकपमा पनि स्पष्ट रूपमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण