बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
सारांश
- बझाङको केदारस्यूँ गाउँपालिकामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।
- नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई उद्धार गरी नेपालगन्ज पुर्याइएको हो।
- दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइतेको उद्धारका लागि शनिबार बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई नेपालगन्ज पुर्याएको हो। हेलिकप्टरले दुई–दुई जनाका दरले पालैपालो घाइतेलाई उद्धार गरेको प्रहरीले जनाएको छ।
नेपालगन्ज लगिएका घाइतेमा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता र केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन्।
दुर्घटनापछि उनीहरूलाई उद्धार गरेर शनिबार राति जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो। अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।
घटनापछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिबार नै बझाङ पुगे पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको थियो। त्यसपछि हेलिकप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेको थियो। राति ढिलो गरी घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइएपछि आइतबार गम्भीर अवस्थाका घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण