आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन

आइतबार, २८ असार २०८३, ११ : २४
आइतबार, २८ असार २०८३

सारांश

  • गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको उपचारको क्रममा निधन भएको छ ।
  • पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए ।
  • उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन् ।

काठमाडौँ । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन् ।

पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए । उनका १ छोरा र ३ छोरी छन् । उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप