उपचारका क्रममा प्रहरी जवानको मृत्यु
आइतबार, २८ असार २०८३, १५ : ४०
सारांश
- डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ।
- पेट दुखेपछि जिल्ला अस्पताल डोटी र थप उपचारका लागि अत्तरिया अस्पताल लगिएका जोशीको निधन भएको हो।
- पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको यकिन कारण खुल्ने प्रहरीले जनाएको छ।
धनगढी । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान अत्तरिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
डडेल्धुराको जोगबुडा घर भएका जोशीलाई २७ गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो।
प्रहरीका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो। मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जनाइएको छ।
उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण