वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
सारांश
- देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
- कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको हो।
- मेची राजमार्ग, वी.पि. राजमार्ग, कान्तिलोकपथ, अरनिको राजमार्ग, पोखरा ताङतिङ सडक खण्ड, घोराही-रुकुम शहीद मार्ग, सालझन्डी-ढोरपाटन सडक खण्ड र मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ । देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको हो।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएपछि सडक एकतर्फी सुचारु भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ हाल वैकल्पिक बाटो चलिरहेको छ।
बागमती प्रदेशमा सम्भावित बाढीका कारण असार २२ गतेदेखि नै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने वी.पि. राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ (ललितपुरदेखि हेटौँडा) असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ।
लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सडक अवरोध पुर्याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्।
गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्ग भने असार २८ गते पहिरो गए पनि हाल एकतर्फी रूपमा सुचारु रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण