अपडेट
सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
सोमबार, २९ असार २०८३, ११ : १३
सारांश
- नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ।
- आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो।
- यस्तै, चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको छ।
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ ५० पैसा कायम भएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण