इजरायलमा अक्टोबर २७ मा आम चुनाव
इजरायल । क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले आगामी अक्टोबर २७ मा आम चुनाव गर्ने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले चार वर्षे संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
द टाइम्स अफ इजरायलका अनुसार सत्तारूढ लिकुड पार्टीका वरिष्ठ नेता ओफिर काट्जले चुनावको मिति पुष्टि गरेका हुन् । वर्तमान नेसेट (संसद्) को चार वर्षे कार्यकाल जुलाई १७ मा समाप्त हुँदैछ र त्यसै दिन संसद् औपचारिक रूपमा निर्वाचन अवकाशमा प्रवेश गर्नेछ ।
निर्धारित समयमै आम चुनाव हुन लागेकाले यो सन् १९८८ यताकै पहिलो नियमित संसदीय निर्वाचन हुनेछ । साथै, नेतान्याहु नेतृत्वको सरकारले पूरा चार वर्षे कार्यकाल सम्पन्न गर्ने पछिल्ला करिब पाँच दशकयताकै पहिलो सरकार बन्ने उल्लेख गरिएको छ ।
सत्तारूढ गठबन्धनले संसदीय कार्यतालिका पूरा गरी संविधानअनुसार निर्वाचन गराउन आग्रह गरेपछि निर्वाचन मिति तय गरिएको जनाइएको छ । निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको अन्तिम सूची आगामी सेप्टेम्बर ७ भित्र बुझाइसक्नुपर्नेछ ।
सन् २०२२ मा दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा फर्किएका प्रधानमन्त्री नेतान्याहुले सन् २०२३ अक्टोबरमा हमासले गरेको आक्रमणपछि तीव्र राजनीतिक दबाब सामना गर्दै आएका छन् । उनीमाथि सन् २०१९ देखि चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ पनि जारी छ । उक्त मुद्दामा दोषी ठहरिए जेल सजाय हुन सक्ने अवस्था रहेको छ ।
यससँगै गाजा, लेबनान र इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वको व्यवस्थापन र सुरक्षा नीतिलाई लिएर पनि नेतान्याहु सरकारमाथि स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर समीक्षा र आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन
-
भुजेल संस्कृति संरक्षण गरिँदै
-
ईयूका २७ राष्ट्रभर साना बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
-
लन्डनमा सार्वजनिक भयो नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’
-
काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
-
गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण