आँखामा डार्क सर्कल र मुटुबिच के छ सम्बन्ध ?
सारांश
- आँखाको डार्क सर्कल सामान्यतया निद्राको कमी, तनाव वा बुढ्यौलीको कारणले हुने मानिन्छ, तर यसले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत पनि दिन सक्छ।
- डार्क सर्कललाई मुटु रोगको प्रत्यक्ष लक्षण नमाने पनि, सास फेर्न गाह्रो हुने, थकान, खुट्टा सुन्निने, छाती दुख्ने वा धड्कन बढ्ने जस्ता लक्षणसँगै देखिएमा यो गम्भीर हुन सक्छ।
- डार्क सर्कल कम गर्न पर्याप्त निद्रा, सन्तुलित आहार, प्रशस्त पानी पिउने, स्क्रिन समय सीमित गर्ने र आँखालाई आराम दिने जस्ता उपाय अपनाउन सकिन्छ।
काठमाडौँ । आँखा मुनिको कालो धब्बा सामान्य कुरा हो । त्यसैले धेरैजसो मानिसहरू यसलाई निद्राको कमी, तनाव वा बुढ्यौलीको कारण देखिएको असर ठान्दछन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? डार्क सर्कलले शरीरभित्रका स्वास्थ्य समस्याको संकेत हुन सक्छ भनेर । धेरै मानिसहरू डार्क सर्कलको मुटुको स्वास्थ्यसँग कुनै सम्बन्ध छैन भन्ने सोच्छन् ।
सामान्यतया, डार्क सर्कललाई मुटु रोगको प्रत्यक्ष लक्षण मानिँदैन । निद्राको कमी, एलर्जी, तनाव, निर्जलीकरण, बुढ्यौली, वा छाला पातलो हुनु पनि यसको लागि जिम्मेवार हुन सक्छ । यद्यपि, यदि डार्क सर्कलको साथसाथै सास फेर्न गाह्रो हुने, लगातार थकान, खुट्टा सुन्निने, छाती दुख्ने, वा धड्कन बढ्ने जस्ता समस्याहरूसँग सम्बन्धित छन भने, यो गम्भीर हुन सक्छ ।
किन हुन्छ डार्क सर्कल ?
- निद्राको कमी
- निर्जलीकरण
- लगातार स्क्रिनको अगाडि बसिरहनु
- तनाव र मानसिक थकान
- एलर्जी वा बारम्बार आँखा माड्नु
- फलामको कमी
- उमेरसँगै छाला पातलो हुनु
यी हुन् खतराको संकेत
- छाती दुख्ने वा दबाब महसुस हुनु
- सास फेर्न गाह्रो हुनु
- बारम्बार चक्कर लाग्नु
- अत्यधिक कमजोरी वा थकान
- खुट्टा वा गोलीगाँठो सुन्निनु
यी हुन् डार्क सर्कल कम गर्ने सजिलो तरिका
- यसको लागि आहार महत्त्वपूर्ण छ, र दैनिक ९ घण्टा राम्रो निद्राले पनि कालो घेरा कम गर्न मद्दत गर्नेछ ।
- दिनभरि प्रशस्त पानी पिउनुहोस् अनि आइरन, भिटामिन सी र प्रोटिनले भरिपूर्ण सन्तुलित आहार खानुहोस् ।
- आफ्ना स्क्रिन समय सीमित गर्नुहोस् अनि आफ्नो आँखालाई पनि आराम दिनुहोस् ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण