मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी

मङ्गलबार, ३० असार २०८३, ०९ : ३०
मङ्गलबार, ३० असार २०८३

सारांश

  • इरानी सेनाले स्ट्रेट अफ होर्मुजमा दुई सुपरट्यांकरमाथि आक्रमण गरी सञ्चालनमा अक्षमता ल्याएको दाबी गरेको छ।
  • सेनाका अनुसार ती ट्यांकरले नेभिगेसन प्रणाली बन्द गरी चेतावनी बेवास्ता गरेपछि कारबाही गरिएको थियो।
  • यस घटनामा एक भारतीय चालक दल सदस्यको मृत्यु भएको र यूएईका दुई तेल ट्यांकरमाथि इरानी मिसाइल प्रहार भएको बताइएको छ।

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले स्ट्रेट अफ होर्मुज क्षेत्रमा दुईवटा सुपरट्यांकरमाथि आक्रमण गरी सञ्चालन अक्षम बनाएको दाबी गरेको छ।

आईआरजीसीले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा ती दुई ट्यांकरले आफ्नो नेभिगेसन प्रणाली बन्द गरेको, इरानी अधिकारीहरूको चेतावनी बेवास्ता गरेको तथा स्ट्रेटमा बिछ्याइएको बारुदी मार्ग हुँदै अघि बढ्ने प्रयास गरेपछि उनीहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ।

आईआरजीसीको यो दाबी संयुक्त अरब इमिरेट्स (यूएई)का दुई तेल ट्यांकरमाथि इरानी मिसाइल प्रहार भएको घटनापछि आएको हो। यूएईको रक्षा मन्त्रालयका अनुसार अल बहिया र मोम्बासा नामका दुई ट्यांकर ओमानको क्षेत्रीय जलक्षेत्रमा रहेका बेला इरानी मिसाइल प्रहार भएको थियो। उक्त घटनामा मोम्बासा ट्यांकरमा कार्यरत एक भारतीय चालकदल सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

आईआरजीसीले भने उसले आक्रमण गरेको दाबी गरेका ट्यांकरको नाम सार्वजनिक गरेको छैन। साथै ती ट्यांकर कुन देशको झण्डामुनि सञ्चालन भइरहेका थिए वा आक्रमण कहिले गरिएको थियो भन्नेबारे पनि कुनै विवरण दिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप