पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
बुधबार, ३१ असार २०८३, १० : २९
सारांश
- पोखराको पालिखेचोकमा ग १६ प २४१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
- दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतका २४ वर्षीय सुमन सुनारको उपचारका क्रममा मृत्यु भएको हो ।
- प्रहरीले मोटरसाइकल चालक २२ वर्षीय राहुल सुनारलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान गरिरहेको छ ।
पोखरा । पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ग १६ प २४१४ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका–५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल पोखरा २ मोहरिया टोल बस्ने २२ वर्षीय राहुल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण