बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो

बुधबार, ३१ असार २०८३, १० : ४७
बुधबार, ३१ असार २०८३

सारांश

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अफिसर पदका लागि करारमा योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।
  • यस पदका लागि एमबीबीएस उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाहरूले शैक्षिक प्रमाणपत्र, बायोडाटा, फोटो र कभरिङ लेटरसहित आवेदन दिन सक्नेछन्।
  • आवेदन फाराम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय वा वेबसाइटबाट प्राप्त गरी २०८३ साउन ९ गतेभित्र रजिस्ट्रारको कार्यालय, ललितपुरमा बुझाउनुपर्नेछ।

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अफिसर पदका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले बुधबार एक सूचना जारी गर्दै कार्यसम्पादन सम्झौता (करार) को आधारमा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो।

यो पदका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उतीर्ण गरेको र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू, व्यक्तिगत विवरण (बायोडाटा), हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र कभरिङ लेटरसहित आवेदन फाराम बुझाउनुपर्नेछ। 

आवेदन फाराम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लगनखेलस्थित कार्यालयबाट प्राप्त गर्न वा प्रतिष्ठानको आधिकारिक वेबसाइट www.pahs.edu.np बाट डाउनलोड गर्न सकिनेछ। आवेदकहरूले अन्तर्वार्ताको समयमा आफ्ना सक्कल प्रमाणपत्रहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

दरखास्त फाराम बुझाउने अन्तिम मिति २०८३ साउन ९ गते सम्म तोकिएको छ। इच्छुक उम्मेदवारले रजिस्ट्रारको कार्यालय, लगनखेल-५, ललितपुरको ठेगानामा तोकिएको मितिभित्र आवेदन दिइसक्नुपर्नेछ। परीक्षाको मिति र समय भने पछि मात्र सार्वजनिक गरिने प्रतिष्ठानले उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप