नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान
बुधबार, ३१ असार २०८३, १० : ४९
सारांश
- पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड तीन दिने श्रीलंका भ्रमणमा निस्किएका छन् ।
- प्रचण्ड प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिनका लागि श्रीलंका जान लागेका हुन् ।
- कार्यक्रमको विस्तृत जानकारी भने उपलब्ध छैन ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् । तीन दिने भ्रमणका लागि प्रचण्ड अहिले त्रिभुवन विमानस्थलतर्फ पुगेका छन् ।
प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन जान लागेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । तर कुन कार्यक्रममा सहभागी हुन लागेको भन्ने विषयमा आचार्यले स्पष्ट खुलाएनन् ।
‘प्रवासी नेपालीले आयोजना गर्न लागेको कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो । कार्यक्रमको विस्तृत जानकारी छैन’, रातोपाटीसँग आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण