पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सांसद राणाको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालको पुँजी बजारलाई आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।
- उनले लगानीकर्ताको विश्वास पुनर्स्थापना, बजारलाई वास्तविक अर्थतन्त्रसँग जोड्ने, पारदर्शिता बढाउने र नयाँ उपकरणहरू सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
- सांसद राणाले विदेशी लगानीकर्तालाई आकर्षित गर्न बजारको पूर्वाधार र पारदर्शितामा सुधार गरी आगामी दुई वर्षभित्र ठोस नतिजा निकाल्न बोर्डलाई आग्रह गरिन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालको पुँजी बजारलाई सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।
बुधबार अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड (सेवन) को नयाँ नेतृत्वसँग भएको छलफलका क्रममा सांसद राणाले यस्तो धारणा राखेकी हुन् । उनले लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्दै बजारलाई वास्तविक अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिइन् । ७८ लाखभन्दा बढी मेरो सेयर प्रयोगकर्ता र ठुलो सङ्ख्यामा डिम्याट खाता रहे पनि बजारको गहिराइ अझै सीमित रहेकाले यसलाई विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
सांसद राणाले पुँजी बजारमा पारदर्शिता बढाएर लगानीकर्ताको गुमेको विश्वास फर्काउनुपर्ने र बजारलाई देशको वास्तविक अर्थतन्त्रको ऐनाका रूपमा विकास गर्नुपर्ने बताइन् ।
उनले लगानीकर्ताको सङ्ख्या ठुलो भए पनि बजार अझै सतही रहेको उल्लेख गर्दै उनले बजारको गहिराइ र तरलता बढाउन दीर्घकालीन तथा संस्थागत लगानी भित्र्याउन ठोस रणनीतिको आवश्यकता औँल्याइन् ।
वर्षौँदेखि चर्चामा मात्र सीमित रहेका संस्थागत ऋणपत्र, साना तथा मझौला उद्यम एक्सचेन्ज, घरजग्गा लगानी ट्रस्ट र भेन्चर क्यापिटल जस्ता नयाँ उपकरणहरू सञ्चालनमा ल्याउन स्पष्ट कार्ययोजना र समय सीमा तोक्न उनले माग थियो ।
बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७० प्रतिशतभन्दा बढी पुगिसकेकाले अब यसले उद्योग, पूर्वाधार र ऊर्जा जस्ता उत्पादनशील क्षेत्रमा कति पुँजी प्रवाह गर्यो भन्ने आधारमा सफलताको मापन हुनुपर्ने उनको तर्क थियो।
विदेशी संस्थागत लगानीकर्ताहरूलाई आकर्षित गर्न बजारको पूर्वाधार र पारदर्शितामा व्यापक सुधार गरी आगामी दुई वर्षभित्र ठोस नतिजा निकाल्न उनले बोर्डलाई आग्रह गरिन् ।
बजारको आधुनिक निगरानीका लागि कृत्रिम बौद्धिकता, रियल टाइम मोनिटरिङ र साइबर सुरक्षा प्रणालीलाई तत्काल कार्यान्वयनमा ल्याई चलखेल र जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिइन् ।
सांसद राणाले पुँजी बजारको सफलतालाई केवल बजार सूचक (नेप्से) को उतारचढावका आधारमा मात्र नभई यसले उत्पादन, रोजगारी र लगानी वृद्धिमा पुर्याएको योगदानका आधारमा हेरिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण