बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?

बुधबार, ३१ असार २०८३, १३ : ४६
बुधबार, ३१ असार २०८३

सारांश

  • नेकपा एमालेका सांसद गङ्गा श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतले मिचेको भूमि फिर्ता मागेमा कुन भूमि दिनुहुन्छ भनी प्रश्न गरेकी छन् ।
  • सांसद श्रेष्ठले सीमाका जङ्गे पिलर सर्दा नागरिकको नागरिकता परिवर्तन हुने अवस्था आउँदा पनि सरकार मौन बसेको आरोप लगाइन् ।
  • उनले देशको सीमा रक्षामा सेना परिचालन नहुनु र राष्ट्रियता गुम्न नदिन सरकारको ध्यानाकर्षण गराइन् ।

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्ति आपत्ति जनक भएको भन्दै भारतले नेपालले मिचेको भूमि फिर्ता माग्यो भने कुन भूमि दिनुहुन्छ भनेर प्रश्न गरेको छ । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गङ्गा श्रेष्ठले कि कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली जमिनको दाबी छाडेको हो भन्दै यस्तो बताएकी हुन् । 

उनले सीमाको जङ्गे पिलर खिइँदै वरवर सर्दा त्यहाँका नागरिक बेलुका सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुँदा कसरी बसेका होलान् भनेर सरकारलाई प्रश्न गरिन् । उनले देशको सीमा रक्षा जोगाउन नजाने सेना के का लागि हो सरकार भन्दै नेपालीको भूमि र राष्ट्रियता गुम्न नदिने बताइन् ।

उनले गाडी तेर्स्याएर सरकारले नाटकमा रमाएको तथा नागरिक चिन्तित भएको रास्वपाले चुनावअघि गरेका वाचा र प्रतिबद्धता सरकार बनेपछि पुरा नगरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप