कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधि र कार्यशैलीले युवाहरूमा छाएको आशा निराशामा परिणत हुँदै गएको बताएको छ ।
- कांग्रेस सांसद गीता गुरुङले प्रधानमन्त्रीको सरप्राइज दिने कार्यशैलीले लोकतान्त्रिक मूल्य र कानुनको शासनमाथि प्रश्न खडा गरेको बताइन् ।
- सांसद गुरुङले आर्थिक मन्दी, सेयर बजारको गिरावट, बढ्दो महँगी र विमानस्थलमा बिदेसिने युवाहरूको लामले देशको वास्तविक अवस्था चित्रण गरिरहेको बताउँदै सरकारले युवाहरूको भरोसा नजिताए भविष्यमा थप चुनौती आउने चेतावनी दिइन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधि र कार्यशैलीका कारण देशका युवा वर्गमा छाएको ठुलो आशा अहिले निराशामा परिणत हुँदै गएको बताएको छ ।
पार्टीका तर्फबाट बुधबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद गीता गुरुङले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने भनिएका प्रधानमन्त्रीबाट युवाहरूले ठुलो अपेक्षा राखेको भए पनि अहिले त्यो विश्वास टुट्दै गएको बताइन् ।
‘देशभरका युवाले तपाईंप्रति ठुलो आशा राखेका थिए, तर आज दुःखका साथ भन्नुपरेको छ, त्यो आशा बिस्तारै निराशामा बदलिँदै छ,’ सांसद गुरुङले भनिन् ।
सांसद गुरुङले प्रधानमन्त्रीको सरप्राइज दिने कार्यशैलीमाथि प्रश्न उठाइन् । लोकतान्त्रिक प्रणाली र कानुनको शासन ‘प्रेडिक्टिबिलिटी’ मा चल्ने भन्दै उनले भनिन्, ‘राज्य सञ्चालन कुनै जन्मदिनको पार्टी जस्तो होइन, जहाँ सधैँ सरप्राइज दिइयोस्। यस्तो शैलीले लोकतान्त्रिक मूल्य र कानुनको शासनमाथि नै प्रश्न खडा गर्छ।’
उनले देशमा व्याप्त आर्थिक मन्दी, सेयर बजारको गिरावट, बढ्दो महँगी र विमानस्थलमा बिदेसिने युवाहरूको लामले देशको वास्तविक अवस्था चित्रण गरिरहेको बताइन । जेन्जी अभियन्ताहरू माजिद अन्सारी र सरिश्मा थापा लगायतका युवाहरूमाथि राज्यले निर्मम दमन गरेको भन्दै उनले स्वतन्त्र प्रेस र नागरिक आवाजलाई दबाउन सरकारले भिजलान्ते शैली अपनाएको आरोप लगाइन् ।
प्रधानमन्त्रीलाई असफलतातर्फ नभई देश निर्माणको सही दिशामा अघि बढ्न आग्रह गर्दै उनले संसद्प्रति जबाफदेही बन्न र युवाहरूको भरोसा नजगाए भविष्यमा थप चुनौती आउने चेतावनी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण