मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
सारांश
- आईसीसी बोर्डले मोरिससलाई १११ औँ सदस्यको रूपमा अनुमोदन गरेको छ।
- क्यानाडाको निलम्बन कायमै राख्दै आईसीसीले सर्तहरू पूरा गर्नुपर्ने निर्णय गरेको छ।
- श्रीलंका क्रिकेटको संविधान परिमार्जन र निर्वाचन प्रक्रियामा जोड दिइएको छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्डले मोरिससलाई आफ्नो १११ औँ सदस्यको रूपमा भित्र्याउने निर्णयलाई अनुमोदन गरेको छ।
बैठकले क्रिकेटको प्रशासनिक सुधारका लागि एक सुशासन पुनरावलोकन समिति पनि गठन गरेको छ। यस समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का देवाजित सैकिया, क्रिकेट दक्षिण अफ्रिकाका डा. मोहम्मद मुसाजी र आईसीसीकी स्वतन्त्र निर्देशक डा. रोज रिभाज सदस्य रहेका छन्।
यसैगरी बोर्डले एक फ्रेन्चाइज लिग समिति पनि स्थापना गरेको छ। बंगलादेश क्रिकेट बोर्डका तमिम इकबालको अध्यक्षतामा गठित यस समितिमा क्रिकेट नामिबियाका डा. रुडी भ्यान भुरेन, बीसीसीआईका देवाजित सैकिया, इङ्गल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका रिचर्ड गोल्ड र क्रिकेट अस्ट्रेलियाका टोड ग्रीनबर्ग रहेका छन्।
बैठकका अन्य निर्णयहरू अन्तर्गत आईसीसी बोर्डले क्रिकेट वेस्टइन्डिजलाई सहयोग पुर्याउने उद्देश्यले १२ दशमलव ८२ मिलियन अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ।
बोर्डले आईसीसी सदस्यताका सम्बन्धमा पनि केही महत्त्वपूर्ण निर्णयहरू लिएको छ। यसले क्रिकेट क्यानडाको निलम्बन फुकुवा गर्नुअघि पूरा गर्नुपर्ने सर्तहरू समावेश गरिएको पुनर्स्थापना प्रतिबन्धहरूलाई अनुमोदन गरेको छ। ती सर्तहरू पूर्ण रूपमा पूरा नभएसम्म क्रिकेट क्यानडा निलम्बनमै रहनेछ।
त्यस्तै, श्रीलंका क्रिकेटको परिमार्जित संविधान अपनाउने दिशामा भइरहेको प्रगतिको समीक्षा गर्दै बोर्डले जतिसक्दो चाँडो निर्वाचन गराउनुपर्ने आवश्यकतामा जोड दिएको छ।
तत्कालका लागि श्रीलंका क्रिकेटले आईसीसी बोर्ड बैठकहरूमा प्रतिनिधित्व गर्न नपाउने कुरालाई बोर्डले यथावत् राखेको छ।
यसका साथै बोर्डले बंगलादेश क्रिकेट बोर्डका नवनिर्वाचित अध्यक्षलाई पूर्ण सदस्य निर्देशकको रूपमा मान्यता दिएको छ। आईसीसीको वार्षिक साधारण सभाले आईसीसी सदस्यता मापदण्ड उल्लङ्घन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण