बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड

बिहीबार, ३२ असार २०८३, ११ : ४५
बिहीबार, ३२ असार २०८३

सारांश

  • अविरल वर्षापछि फेवातालको जलस्तर बढेर ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको छ।
  • तालको मुहान क्षेत्रबाट आएको भलले सिमसार र खेतबारी जलमग्न भएका छन्।
  • तालको बदलिएको स्वरूप अवलोकन गर्न पर्यटकहरूको भीड लागेको छ।

पोखरा । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ। लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको छ। 

तालको मुहान क्षेत्रबाट बगेर आएको भलका कारण सिमसार र आसपासका खेतबारीहरू पूर्ण रूपमा जलमग्न भएका छन्। वर्षा थामिएपछि तालको सतह यति शान्त र कञ्चन देखिएको छ कि वरिपरिका पहाड र कुहिरोको प्रतिबिम्ब पानीमा स्पष्ट देखिन्छ। 

phewa lake 2

यस मनमोहक दृश्यलाई कैद गर्न र तालको बदलिएको स्वरूप अवलोकन गर्न लेकसाइड क्षेत्रमा स्थानीय तथा पर्यटकहरूको भीड लाग्न थालेको छ। यद्यपि, बढेको जलस्तरले केही चुनौती र गम्भीर प्रश्नहरू पनि खडा गरेको छ।

पोखरा महानगरपालिकाले फेवातालको सीमाना छुट्याउन गाडेका ‘जङ्गी पिल्लर’हरू र ‘तालघर’ भनिएको क्षेत्रसमेत अहिले पानीमा डुबेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप