अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
काठमाडौँ । अर्जेन्टिना फेरि फिफा विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको विश्वकपको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेसँगै अर्जेन्टिना पुन: दुई स्थान सुधार गर्दै वरीयताको पहिलो नम्बरमा पुगेको हो ।
फिफाको लाइभ वरीयता अनुसार अर्जेन्टिना १९७०.३७ अंकका साथ विश्वकै नम्बर एक टिम बनेको छ । अर्जेन्टिनाले शीर्ष स्थान ओगटेसँगै यसअघि आफ्नो सेमिफाइलन खेल सकिँदासम्म पहिलो नम्बरमा रहेको स्पेन एक स्थान तल झर्दै दोस्रो स्थानमा रहेको छ ।
वरीयताको दोस्रो स्थानमा फ्रान्स तेस्रोमा पुगेको छ भने चौथो स्थानमा इंग्ल्याण्ड र पाँचौँ स्थानमा ब्राजिल रहेका छन् ।
जारी विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन पुगेका छन् । स्पेन फ्रान्सलाई २-० ले हराउँदै फाइनलमा पुगेको हो ।
अब इंग्ल्याण्ड र फ्रान्सले भने तेस्रो स्थानका लागि आइतबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै फाइनल फिडन्त सोमबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण