लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश
बिहीबार, ३२ असार २०८३, १७ : १२
सारांश
- सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ ।
- न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
- पूर्वसांसद कोइरीको हकमा उनका छोरा मनोज कुमार महतोले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
पूर्वसांसद कोइरीको हकमा उनका छोरा मनोज कुमार महतोले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमा इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी लगायतलाई विपक्षी बनाइएको थियो ।
मधेश आन्दोलनका क्रममा २०७२ सालमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण