शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
काठमाडौँ । गायिका शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ आएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार शान्ति शर्माले गीत सार्वजनिक गरिन् । मनिष श्रेष्ठको शब्द र संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज गरेका छन् ।
कसले भन्यो म मोटी
कसले भन्यो पातली
चाइनाको सिंगार गर्छु
थाइल्यान्डको सारी लाउँछु
केटी पार्टी तीजको फ्यान
नाच्दिन्छौं ड्याङका ड्याङ
आफ्नो इच्छाशक्ति र आत्मविश्वास भए नाच्न, रमाउन र प्रतिभा देखाउन उमेर बाधक बन्दैन भन्ने भाव बोकेको गीतको भिडियोलाई मनिष श्रेष्ठले नै निर्देशन गरेका हुन् । भिडियोमा विमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारी फिचर्ड छन् । मनिषकै कोरियोग्राफी रहेको भिडियोलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन् ।
तीज आउन दुई महिना बाँकी रहेपनि तीजलाई लक्षित गरी गीत सार्वजनिक गर्ने क्रम भने चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण