नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
सारांश
- सरकारले ल्याएको नयाँ शैक्षिक परामर्श नियमावलीको विरोधमा व्यवसायीहरूले काठमाडौँको पुतलीसडकमा आन्दोलन सुरु गरेका छन् ।
- व्यवसायीहरूले नयाँ नियमहरू खारेज वा संशोधन नभए आन्दोलन चर्काउने र कार्यालयको चाबी प्रशासनमा बुझाउने चेतावनी दिएका छन् ।
- नयाँ नियमावलीका अनुमतिपत्र नवीकरण, शैक्षिक मेला वर्गीकरण, लाभ, कर, क्षतिपूर्ति र संस्थागत वर्गीकरण जस्ता बुँदाहरूमा संशोधनको माग गरिएको छ ।
काठमाडौँ । सरकारले ल्याएको नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलन सुरु गरेको छ ।
काठमाडौँको पुतलीसडक चोकमा व्यवसायीहरूले प्लेकार्ड बोकेर सरकारको नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गरेका हुन् ।
_ZbKD84mJUX.jpg)
नयाँ नियमहरू खारेज वा संशोधन नभए आन्दोलनलाई थप चर्काउने चेतावनी व्यवसायीहरूले दिएका छन् । आन्दोलनबाट समस्याको समाधान ननिस्किएमा देशभरका सबै कन्सल्टेन्सी व्यवसायीले आ–आफ्नो कार्यालयको चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा उत्रिने निर्णय संघर्ष समितिले गरेको छ ।
_mFt1BUi2LB.jpg)
सरकारले कार्यान्वयनमा ल्याएको नयाँ नियमावलीमा कन्सल्टेन्सीहरूले हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने र शैक्षिक मेलाहरूको वर्गीकरण गर्नुपर्ने लगायतका व्यवस्थाहरू समेटिएका छन् । यी व्यवस्थाहरू व्यवसायमैत्री नभएको र निकै अव्यवहारिक रहेको दाबी संघर्ष समितिले गरेको छ ।
_X8c9uZhapV.jpg)
संघर्ष समितिले नयाँ नियमावलीका कतिपय बुँदाहरूमा असहमति जनाउँदै तत्काल संशोधनको माग अघि सारेको छ । उनीहरूले मुख्य गरी संस्था दर्ता तथा अनुमतिपत्रको अवधि र नवीकरण प्रक्रिया, शैक्षिक मेला वर्गीकरण र यसको मापदण्ड, विदेशी शैक्षिक संस्थाहरूबाट लिने लाभ, कर तथा आयव्यय विवरणको ढाँचा, क्षतिपूर्तिसम्बन्धी व्यवस्था र संस्थागत वर्गीकरणका बुँदाहरूमा संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
_jO3kmB3WKD.jpg)
सडक आन्दोलनबाट दबाब सिर्जना गरेर सरकारलाई आफ्ना मागहरू सम्बोधन गराउन बाध्य पार्ने रणनीति व्यवसायीहरूले लिएका छन् । समयमै माग सुनुवाइ नभए शैक्षिक परामर्श क्षेत्र ठप्प पार्ने उनीहरूको चेतावनी छ ।
_YSWu5ESwIO.jpg)
_KdLNFJlpTQ.jpg)
_V8XhOJi4Fz.jpg)
_pVVlCtuhA3.jpg)
_6JYbdMOGpn.jpg)
_pB9qOC7oTj.jpg)
_FYXVmPjJaf.jpg)
_zTYKbBnNYF.jpg)
_lD1nmZ7QmI.jpg)
_OiLqsryRWe.jpg)
_1FJjAoqhs2.jpg)
_RuOijb98wm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण