कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
हरेक गल्तीमा मर्न र मार्न किन उत्साहित हुन्छौ, साथी?
नियम, कानुन, जेल र जरिवाना हरेक देशमा मानिसकै निम्ति बनाइएका पाउनेछौ।
विगतका इतिहासका पानाहरू पल्टाई, स्मरण गर न एकपटक, साथी।
हरेक गल्ती, कमजोरी र माफीबाट नै सच्चिने मौका वा नयाँ जीवन पाउनेछौँ।
सम्मान पाउँदा र अपमानित हुँदा का क्षणहरू सम्झन, साथी।
जीवनका धेरै उतारचढावहरू ऐनाजस्तै छर्लङ्ग पाउनेछौ।
छुटेका र भेटिएका वस्तु वा सम्बन्धका पलहरू खोजी हेर न, साथी।
यथार्थ के हो र झुट को हो, अन्तरआत्माले महसुस गर्नेछौँ।
जित्दा फुर्तिलो र हार्दा लज्जित भई दोष नलगाउने को होला र, साथी?
तैपनि विजेता बन्न बोलेका वाचा जानीजानी कसरी बिर्सन्छौ?
मूल्याङ्कनको मिटर त समाज र सञ्जालले बोकेको रहेछ, साथी।
तर पनि भूइँमान्छेबाट पद र पावरमा पुग्दा किन आफ्नो औकात बिर्सिन्छौ?
निष्कपट आत्माले सहयोग गर्दा र पाउँदाका यादहरू मनन गर, साथी।
त्योभन्दा बढी आनन्द पैसाले किन्न कहाँ पाउनेछौ?
पीडा, रोग, कष्ट र शान्ति बाँडफाँड गर्न नमिल्ने रहेछ है, साथी।
त्यसैले त सबै भौतिक सुखसुविधा प्राप्त हुँदा पनि हामी असन्तुष्ट छौँ।
शासित हुँदा र शासन गर्दा का हर्कतहरू तुलना गर त, साथी।
हामी कुन धरातलमा उभिएका छौँ, स्पष्ट पाउनेछौँ।
क्षणिक भोगचलनको नशा पनि छुट्टै हुने रहेछ है, साथी।
त्यसैले त कर्तव्य र दायित्व भुलेर अधिकारको नाममा धन्दा चलाउँदै छौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण