आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता

आइतबार, ०३ साउन २०८३, ०३ : ०५
आइतबार, ०३ साउन २०८३

सारांश

  • मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई दोब्बर बनाएको छ।
  • खेलको १८ औँ मिनेटमा इङ्गल्याण्डले फ्रान्सविरुद्ध दोस्रो गोल थपेको छ।

काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई दोब्बर बनाएको छ । खेलको १८ औँ मिनेटमा इङ्गल्याण्डले दोस्रो गोल थपेको हो ।

इङ्गल्याण्डका जर्सी नम्बर २ का डिफेन्डर एज्री कोन्साले खेलको १८ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्‍याएका हुन् ।

यस गोलका लागि खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेका मिडफिल्डर डिक्लान राइसले पास (असिस्ट) उपलब्ध गराएका थिए । राइसको उत्कृष्ट पासलाई पोस्टको दिशा दिँदै कोन्साले गोल गरेपछि इङ्गल्याण्ड खेलमा पूर्ण रूपमा हाबी भएको छ भने फ्रान्सेली टोली सुरुवाती २० मिनेटभित्रै दुई गोलले पछि पर्दै थप दबाबमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप