जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु
सारांश
- जनता समाजवादी पार्टी नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
- लोसपा नेपालसँग एकता गर्नुअघि कायम रहेको कार्यकारिणी समितिको बैठकमा एकताको विषयमा छलफल गरिनेछ ।
- दुई पार्टीबिच समायोजन, केन्द्रीय समिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकता गर्नुअघि कायम रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक बसेको हो ।
जसपा नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकमा लोसपा नेपालसँग भएको एकताको विषयमा छलफल गरिने बताइएको छ । गत पुसमा लोसपा नेपाल र जसपा नेपालबिच एकता भएको थियो । उक्त पार्टीलाई निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ । तर पार्टीले पूर्णता पाएको छैन । दुई पार्टीबिच समायोजन, केन्द्रीय समिति गठन लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ ।
दुई पार्टीबिच समायोजनका विषयमा कुरा मिलिरहेको छैन । दुवै पार्टीमा आकाङ्क्षी धेरै छन् । उनीहरूलाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्न जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक बसिरहेको सो पार्टीका नेता शैलेन्द्र साहले बताए ।
दुवै दलले आ–आफ्नो पार्टीमा सहमति गरी संयुक्त बैठक बसेर समायोजनको विषय टुङ्गो लगाउने सहमति भएको छ । जसपा नेपालको बैठक लगत्तै लोसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक पनि बस्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण