अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
अफगानिस्तान । पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा ५ जना अफगान नागरिकको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार, उनीहरू सीमा पार गर्ने क्रममा मरुभूमिमा अलपत्र परेका थिए ।
सुरक्षाकर्मीले निमरोज प्रान्तको मरुभूमिबाट पाँच जनाको शव फेला पारेका हुन् । उनीहरू इरान प्रवेश गर्ने उद्देश्यले हेल्मन्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरुभूमि क्षेत्र हुँदै अघि बढेको १९ जनाको समूहमा रहेका थिए ।
स्थानीय अधिकारीका अनुसार उक्त समूह मरुभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ । अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।
बेपत्ता रहेका १४ जनाको खोजीका लागि सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन् । उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण