सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती

सोमबार, ०४ साउन २०८३, ०२ : ३३
सोमबार, ०४ साउन २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को फाइनल खेल चलिरहेको बेला काठमाडौँसहित देशका विभिन्न स्थानमा विद्युत अवरोधको समस्या देखिएको छ ।
  • खेलको पहिलो हाफ सकिएलगत्तै बन्द भएको बिजुली २५ मिनेटपछि सुचारु भए पनि पुनः पाँच मिनेटमै अवरुद्ध भएको छ ।
  • फाइनल खेल जस्तो महत्वपूर्ण समयमा विद्युत आपूर्ति ठप्प भएपछि फुटबल समर्थकहरूले नेपाल विद्युत प्राधिकरणको आलोचना गरेका छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनल खेल चलिरहेको बेला काठमाडौँसहित देशका विभिन्न स्थानमा ‘झ्याप्प झ्याप्प’ बिजुली जाने–आउने (विद्युत अवरोध) समस्या देखिएको छ । स्पेन र अर्जेन्टिनाबिचको उपाधि भिडन्त प्रत्यक्ष हेरिरहेका दर्शकहरू खेलका क्रममा पटकपटक बिजुली काटिँदा ठुलो मर्कामा परेका छन् ।

खेलको पहिलो हाफ सकिएलगत्तै अचानक बन्द भएको बिजुली करिब २५ मिनेटपछि पुनः सुचारु भएको थियो । तर, लामो समयको पर्खाइपछि आएको बिजुली सुचारु भएको मात्र पाँच मिनेटमै पुनः अवरुद्ध भएको छ । फाइनल खेल जस्तो महत्वपूर्ण समयमा यसरी पटकपटक विद्युत आपूर्ति ठप्प भएपछि आक्रोशित बनेका फुटबल समर्थकहरूले नेपाल विद्युत प्राधिकरणको तीव्र आलोचना गरिरहेका छन् ।

पछिल्लो पटक झ्याप्पझ्याप्प बिजुली जाने समस्या बढ्दै गएको छ।  उपभोक्ताले यसबारे तीव्र गुनासो गर्दै आए पनि नेपाल विद्युत प्राधिकरणले समस्या समाधान गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप