अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
सारांश
- फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको अतिरिक्त समयको दोस्रो हाफमा स्पेनले महत्त्वपूर्ण अग्रता लिएको छ।
- वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका विङ्गर फेरान टोरेसले उत्कृष्ट गोल गरे।
- टोरेसको गोलले स्पेनलाई १–० को अग्रता दिलाएको छ।
काठमाडाैँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको अतिरिक्त समयको दोस्रो हाफमा स्पेनले महत्त्वपूर्ण अग्रता लिएको छ। खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका विङ्गर फेरान टोरेसले उत्कृष्ट गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका हुन् ।
अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सुरु भएको दोस्रो हाफमा स्पेनले आफ्नो आक्रामक लयलाई गोलमा परिणत गर्न सफल भयो। खेलको ९०+४औँ मिनेटमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले लगातार दबाब सिर्जना गरिरहेको थियो, जसको फाइदा उठाउँदै टोरेसले बललाई जाली चुमाए। टोरेसको यो गोलसँगै स्पेन उपाधि जित्ने निकै नजिक पुगेको छ।
अब खेलको अन्तिम केही मिनेट मात्र बाँकी छँदा १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि खेलमा फर्कन निकै ठूलो दबाब सिर्जना भएको छ । साविक विजेता अर्जेन्टिनालाई आफ्नो उपाधि जोगाउन अब निर्धारित समय सकिनुअघि कम्तीमा एक गोल फर्काउनै पर्ने बाध्यता छ भने स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वविजेता बन्ने ऐतिहासिक संघारमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण